महिमानसिंह र रेशम चौधरीको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ हुँदै
सारांश
- सर्वोच्चका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्ट र रेशम चौधरीको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सुरु भएको छ।
- विष्टले चौधरीलाई पक्राउ गर्न पत्राचार गरेपछि उनी ५ घण्टा कारागारमा परेका थिए, पछि सर्वोच्चले पत्र सच्याएको थियो।
- विष्टलाई एक लाख धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गर्न विष्टले माग गरेका छन् भने चौधरीले विष्टलाई थुनामा पठाउन माग गरेका छन्।
काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्ट र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सुरु भएको छ ।
न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासमा दुवै निवेदन एकसाथ राखेर सुनुवाइ भइरहेको छ । महिमानले जिल्ला अदालत काठमाडौँको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि पक्राउ परेका उनलाई गत जेठ ५ गते जिल्लाले एक लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश गरेको थियो ।
विष्टले गत वैशाख १७ गते नाउपाका संरक्षक चौधरीलाई पक्राउ गर्न प्रहरी र डिल्लीबजार कारागारमा पत्राचार गरेका थिए । उक्त अनधिकृत पत्रका कारण चौधरी ५ घण्टा कारागारमा बस्नुपरेको थियो । पछि सर्वोच्चले पत्र सच्याएर पठाएपछि चौधरी छुटेका थिए ।
सोही दिन प्रहरीले विष्टलाई पक्राउ गरी लिखत किर्ते कसुरमा अनुसन्धान सुरु गरेको थियो । लिखत किर्तेमा प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले विष्टविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त लिखत किर्तेको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ ।
जिल्लाले धरौटीमा छाडेपछि नाउपाका संरक्षक चौधरीले गत जेठ १९ गते विष्टलाई थुनामा पठाउन माग गर्दै उच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि उच्चले जिल्लाबाट सक्कल मिसिलसहितको कैफियत प्रतिवेदन मगाएर दुवै जनाको निवेदनलाई एक साथ राखेर सुनुवाइ सुरु गरेको छ ।
त्यस्तै विष्टले जिल्लाको धरौटी नमिलेको दाबी गर्दै त्यसलाई बदर गरी तारेखमा रहन पाऊँ भनी माग गरेका छन् । यस्तै उच्चमा चौधरीले विष्टलाई थुनामा राख्न दिएको निवेदन पनि खारेज गर्न विष्टले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण