लहान नगरपालिकाले आगामी पाँच वर्षमा घर घरमा खानेपानी पुर्याउने
शुक्रबार, १६ साउन २०८२, ११ : १८
सारांश
- लहान नगरपालिकाले सन् २०३० सम्म सबै घरमा शुद्ध खानेपानी पुर्याउने योजना सार्वजनिक गरेको छ।
- योजनाअनुसार, सुरुमा केही वडाहरूमा पाइपलाइन जडान गरिनेछ र दलित तथा विपन्न परिवारलाई निःशुल्क धारा जडान गरिनेछ।
- खानेपानीसँगै, लहानलाई खुला दिसामुक्त क्षेत्र बनाउने लक्ष्य राखिएको छ, र आगामी वर्षभित्र ३ हजार शौचालय निर्माण गरिनेछ।
सिराहा । लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पुर्याउने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख प्राथमिकतामा राखिएको बताए ।
नगर प्रमुख चौधरीले भने, ‘हामीले २०३० सम्म २४ वटै वडामा पानी पुर्याउने योजना बनाएका छौँ ।’ योजनाअनुसार प्रारम्भिक चरणमा वडा नम्बर १३, १४, १६ र २४ मा पाइपलाइन जडान गरिनेछ भने आगामी वर्षभित्र वडा नम्बर ११, १२, १८ र २० मा योजना विस्तार गरिनेछ ।
नगरका चार सय दलित तथा विपन्न परिवारलाई निःशुल्क धारा जडान गरिनेछ जनाइएको छ । खानेपानीसँगै लहानालाई खुला दिसामुक्त क्षेत्र सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरिएको छ । आगामी वर्षभित्र तीन हजार शौचालय निर्माण गरिने नगरप्रमुख चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण