भारतको उपराष्ट्रपति पदका लागि निर्वाचनको मिति घोषणा
शुक्रबार, १६ साउन २०८२, १४ : ११
सारांश
- निर्वाचन आयोगले भारतको उपराष्ट्रपति पदको निर्वाचनको मिति घोषणा गरेको छ।
- जगदीप धनखडले स्वास्थ्यका कारण देखाउँदै उपराष्ट्रपति पदबाट राजीनामा दिएका थिए।
- निर्वाचन तालिका अनुसार, निर्वाचन सेप्टेम्बर ९ गते हुनेछ।
नयाँ दिल्ली । निर्वाचन आयोगले भारतको उपराष्ट्रपति पदको निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचन आयोगले शुक्रबार यससम्बन्धी सूचना जारी गरेको हो ।
सूचनामा मनोनयनदेखि मतदानको मिति र समयसम्मको जानकारी दिइएको छ। जगदीप धनखडले २१ जुलाईमा उपराष्ट्रपति पदबाट राजीनामा दिए। राष्ट्रपतिलाई लेखिएको राजीनामा पत्रमा जगदीप धनखडले आफ्नो स्वास्थ्यको कारण उल्लेख गरेका थिए।
उपराष्ट्रपति निर्वाचन तालिका
- सूचना जारी मिति: अगस्ट ७
- मनोनयनको अन्तिम मिति: अगस्ट २१
- मनोनयनको छानबिन: अगस्ट २२
- मनोनयन फिर्ता लिने अन्तिम मिति: अगस्ट २५
- निर्वाचन मिति: सेप्टेम्बर ९
- मतदान समय: बिहान १० बजेदेखि साँझ ५ बजेसम्म
- मतगणना: सेप्टेम्बर ९
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण