ग्लोबल फण्ड कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयद्वारा दुई विज्ञ सिफारिस
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ग्लोबल फण्ड कार्यक्रम व्यवस्थापन इकाइका लागि दुई पदमा विज्ञहरू सिफारिस गरेको छ ।
मन्त्रालयको पदपूर्ति तथा सिफारिस समितिले ‘फाइनान्स एण्ड ग्राण्ट्स म्यानेजमेन्ट एक्सपर्ट’ र ‘प्रोक्र्योमेन्ट एण्ड सप्लाई चेन म्यानेजमेन्ट एक्सपर्ट’ पदका लागि परशुराम बास्तोला र सुनिल पण्डितलाई सिफारिस गरेको हो ।
मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै दुवै पदका लागि सिफारिस भएका मुख्य तथा वैकल्पिक उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
समितिले साउन १५ गते लिएको प्रस्तुतीकरण तथा अन्तर्वार्ता र त्यसअघिको लिखित परीक्षा, शैक्षिक योग्यता एवं कार्य अनुभवको एकीकृत मूल्याङ्कनको आधारमा उनीहरूलाई सिफारिस गर्ने निर्णय गरेको हो । फाइनान्स एण्ड ग्राण्ट्स म्यानेजमेन्ट एक्सपर्टमा बास्तोला सिफारिस गरेको हो । उनको विकल्पमा क्रमशः प्रविता श्रेष्ठ, सुनिल रिजाल र कुशल नेपाललाई सिफारिस गरेको हो ।
यस्तै प्रोक्र्योमेन्ट एण्ड सप्लाई चेन म्यानेजमेन्ट एक्सपर्ट सुनिल पण्डितलाई सिफारिस गरेको छ भने उनको विकल्पमा क्रमशः ः दीपक चौलागाईं, अविनाश कैनी सिफारिस भएको मन्त्रालयले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण