राजेश हमाललाई कलाकार संघको मानार्थ सदस्यता
सारांश
- नेपाल चलचित्र कलाकार संघले अभिनेता राजेश हमाललाई मानार्थ सदस्यता प्रदान गरेको छ।
- संघका अध्यक्ष मोहन निरौलाले हमालको योगदानको प्रशंसा गर्दै मानार्थ सदस्यता प्रदान गरेको बताए।
- २०४५ सालमा स्थापित संघले कलाकारहरूको हकहित र चलचित्र क्षेत्रको संरक्षण गर्दै आएको छ।
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले शुक्रबार अभिनेता राजेश हमाललाई मानार्थ सदस्यताको परिचय पत्र हस्तान्तरण गरेको छ । नेपाल चलचित्र कलाकार संघले विधानमा व्यवस्था भए अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त व्यक्तित्वहरूलाई प्रदान गरिने मानार्थ सदस्यता हमाललाई प्रदान गरेको हो।
मानार्थ सदस्यता हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी , महासचिव सविन श्रेष्ठ, निर्देशक समाजका सचिव देवेन्द्र पाण्डे सहभागी थिए ।
संघका अध्यक्ष मोहन निरौलाले परिचय पत्र हस्तान्तरण गर्दै लामो समयदेखि नेपाली चलचित्रको विकास विस्तारका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको योगदान, समर्पण र साधनाका लागि मानार्थ सदस्यता प्रदान गरिएको बताए ।
हमालले संघले पुर्याएको योगदानको प्रशंसा गर्दै सम्मान स्वरूप मानार्थ सदस्यता प्रदान गरेकोमा संघलाई धन्यवाद दिए ।
२०४५ भाद्र २३ गते कलाकारहरूको हकहित र वर्गीय सुरक्षा एवं नेपाली चलचित्र क्षेत्रको संरक्षण संवर्द्धनका लागि स्थापना भएको नेपाल चलचित्र कलाकार संघ नेपाली चलचित्र कलाकारहरूको एक मात्र छाता संगठन हो। नेपाल चलचित्र कलाकार संघमा नेपाली चलचित्रका सम्पूर्ण कलाकारहरू
संघमा आबद्ध रहेको कुरा संघका महासचिव सबिन श्रेष्ठले बताए । कलाकार संघको स्थापना दिवसको अवसर पारि यहीँ भाद्र २१, २२, २३ गते विविध कार्यक्रम गरी मनाउने कलाकार संघको अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण