शल्यक्रियामार्फत बच्चा जन्माउनुका कारणहरू
सारांश
- नेपालमा सिजेरियन सेक्सनबाट बच्चा जन्माउने दर बढेको छ, जसका पछाडि सामाजिक, व्यक्तिगत र प्रणालीगत कारणहरू छन्।
- ढिलो विवाह, प्रसव पीडा सहन नसक्नु, र चिकित्सकहरूमाथि कानुनी दबाब जस्ता कारणले सिजेरियनको संख्या बढेको हो।
- प्राकृतिक प्रसवलाई प्रोत्साहन गर्न जनचेतना जगाउनुपर्ने र स्वास्थ्यकर्मीको दरबन्दी बढाउनुपर्ने कुरा बताइएको छ।
पछिल्ला वर्षहरूमा नेपालमा सिजेरियन सेक्सन (शल्यक्रिया) मार्फत हुने बच्चाको जन्मदर उल्लेखनीय रूपमा बढेको छ । यो वृद्धि केवल चिकित्सकीय आवश्यकताले नभई सामाजिक, व्यक्तिगत र प्रणालीगत कारणहरूको एक जटिल मिश्रणको परिणाम हो । यो बढ्दो प्रवृत्तिका पछाडि गहिरो र बहुआयामिक कारणहरू छन् । जसले आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ । सिजेरियन डेलिभरी बढ्नुका धेरै कारणहरूलाई विभिन्न कोणबाट हेर्न सकिन्छ ।
पहिलो, सामाजिक तथा व्यक्तिगत कारणहरू छन् । जस्तै: ढिलो विवाह र ढिलो गर्भधारण ।
बदलिँदो जीवनशैलीका कारण महिलाहरूले ढिलो विवाह गर्ने र ढिलो बच्चा जन्माउने क्रम बढेको छ । ३०–३५ वर्षपछि गर्भधारण गर्दा गर्भावस्थामा जटिलता आउने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा परिवार र स्वयं गर्भवती महिलाले कुनै पनि जोखिम मोल्न चाहँदैनन्, जसले गर्दा सिजेरियनको विकल्प रोजिन्छ ।
कृत्रिम गर्भधारणबाट बच्चाको अवधारणा र बढ्दो चिन्ता पनि एक हो । ढिलो वा आईभीएफजस्ता प्रविधिबाट गर्भ बसेको अवस्थामा त्यो बच्चालाई ‘प्रिसियस’ मानिन्छ । परिवारले लामो समयपछि पाएको बच्चा गुमाउने डरले प्राकृतिक प्रसवको दुखाइ र प्रक्रिया कुर्न चाहँदैन । सामान्य दुखाइ वा सानो समस्यामा पनि आत्तिएर अप्रेसनका लागि दबाब दिने प्रवृत्ति बढेको छ ।
चिकित्सकहरूमाथि बढ्दो मेडिकल को–लिगल दबाब बढ्न थालेको छ । प्राकृतिक प्रसवको लागि पर्खिदा बच्चा वा आमालाई केही भइहाले सम्पूर्ण दोष डाक्टरलाई दिइन्छ ।
यस्तै, प्रसव पीडा सहन नसक्नु पनि एक हो । अहिलेका महिलाहरूमा प्रसव पीडा (लेबर पेन) सहन नसक्ने र दुखाइबाट बच्न अप्रेसन नै रोज्ने मानसिकता विकास हुँदै गएको छ । परिवार, विशेष गरी श्रीमान्, पनि श्रीमतीले पीडा भोगेको देख्न नसकेर अप्रेसनका लागि अनुरोध गर्छन् ।
बढ्दो पहुँच र दबाब पनि बढ्न थालेको छ । पहिलेको तुलनामा अहिले स्वास्थ्य निकाय र डाक्टरहरूसम्म पहुँच सहज भएको छ । बिरामीका आफन्तले विभिन्न ठाउँमा फोन गरेर वा सोर्स लगाएरसमेत अप्रेसनका लागि दबाब दिने घटनाहरू बढेका छन् ।
- स्वास्थ्य प्रणाली र चिकित्सकीय कारणहरू
चिकित्सकहरूमाथि बढ्दो मेडिकल को–लिगल दबाब बढ्न थालेको छ । प्राकृतिक प्रसवको लागि पर्खिदा बच्चा वा आमालाई केही भइहाले सम्पूर्ण दोष डाक्टरलाई दिइन्छ । उपभोक्ता अदालत र अन्य कानुनी झन्झटबाट बच्न चिकित्सकहरू सामान्य जोखिम देखिनासाथ अप्रेसन गर्न बाध्य हुन्छन् । उनीहरूका लागि बिरामीको जीवन रक्षा पहिलो प्राथमिकता भए पनि आफ्नो करिअरको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
अस्पतालहरूमा अपर्याप्त जनशक्ति र स्रोतसाधनको कमी पनि छ । नेपालका अधिकांश अस्पतालहरूमा बिरामीको चापअनुसार स्वास्थ्यकर्मी (विशेष गरी नर्स) को अभाव छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक नर्सले २–३ जना बिरामी हेर्नुपर्नेमा यहाँ १०–१२ जनासम्म हेर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा हरेक बिरामीको निरन्तर निगरानी गर्न असम्भव हुन्छ । कुनै एक बिरामी हेर्दा अर्कोको अवस्था बिग्रन सक्ने डरले डाक्टरहरू जोखिम लिन चाहँदैनन् ।
प्राकृतिक रूपमा सुत्केरी हुँदा आमालाई मात्रै फाइदा नभएर बच्चालाई पनि धेरै फाइदा हुन्छ ।
एक पटक सिजेरियन सेक्सन भइसकेपछि अर्को पटक पनि अप्रेसन नै गर्नुपर्ने सम्भावना उच्च हुन्छ । यसले गर्दा हरेक वर्ष सिजेरियन गर्ने बिरामीको सङ्ख्या थपिँदै जान्छ । अन्य अस्पतालमा भन्दा प्रसूति गृहमा रिफरल सेन्टर भएकाले पनि जहाँ जिल्ला जिल्लाबाट जटिल र जोखिमपूर्ण केसहरू रिफरल भई पठाइन्छ ।
यस्ता बिरामीहरूमा अप्रेसनको सम्भावना स्वतः बढी हुन्छ । आईभीएफ र निःसन्तानपनको उपचार गरिन्छ । निःसन्तानपनको लामो उपचारपछि गर्भधारण गरेका महिलाहरूको बच्चालाई ’प्रिसियस’ मानिन्छ र कुनै पनि जोखिम नलिई समयमै अप्रेसन गरिन्छ ।
चिकित्सकीय रूपमा जबसम्म अनिवार्य हुँदैन, प्राकृतिक अर्थात् नर्मल डेलिभरी नै आमा र बच्चा दुवैका लागि सबैभन्दा राम्रो मानिन्छ । प्राकृतिक सुत्केरी (नर्मल डेलिभरी) गराउँदा आमा छिटो निको हुने र चाँडै हिँडडुल गर्न सक्ने, घाउ पाक्ने वा सङ्क्रमणको डर कम हुने गर्छ । यस्तै बच्चालाई स्तनपान गराउन सहज हुन्छ । पछिल्ला दिनहरूमा पेट दुखिरहने समस्या कम पनि हुन्छ । अर्को पटक पनि नर्मल डेलिभरीको सम्भावना बढी हुन्छ ।
प्राकृतिक रूपमा सुत्केरी हुँदा आमालाई मात्रै फाइदा नभएर बच्चालाई पनि धेरै फाइदा हुन्छ । जन्म प्रक्रियामा बर्थ क्यानलबाट आउँदा बच्चाको फोक्सो थिचिन्छ । जसले गर्दा फोक्सोमा भएको अनावश्यक तरल पदार्थ बाहिर निस्कन्छ । चाँडै बाहिरी वातावरणसँग घुलमिल हुन सहज हुन्छ ।
फोक्सोको तरल पदार्थ राम्रोसँग ननिस्किँदा ‘ट्रान्जिएन्ट ट्याकिप्निया अफ न्युबर्न’ को समस्या देखिन सक्छ । जसले गर्दा बच्चाको श्वासप्रश्वास छिटो हुन्छ र केही समय अक्सिजन वा एनआईसीयूको सहायता चाहिन सक्छ ।
स्वास्थ्यकर्मीको दरबन्दी वृद्धिमा सरकारले ध्यान दिनुपर्छ, अस्पतालहरूमा बिरामीको चापअनुसार नर्स र मिडवाइफको दरबन्दी थपिनुपर्छ ।
आमाको दूधको सट्टा फर्मुला दूध खुवाउँदा बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र पखालाजस्ता सङ्क्रमणको जोखिम बढ्ने हुन्छ । सिजेरियन सेक्सनको अनावश्यक वृद्धिलाई रोक्न र प्राकृतिक जन्मलाई प्रोत्साहन गर्न एकीकृत प्रयासको खाँचो छ ।
जनचेतना अभिवृद्धिमा जोड दिनुपर्छ । नर्मल डेलिभरीका फाइदा र सिजेरियनका अनावश्यक जोखिमबारे आम मानिसलाई सुसूचित गराउनुपर्छ । प्रसव पीडा प्राकृतिक प्रक्रिया हो भन्ने बुझाउन आवश्यक छ । सिजेरियन सेक्सन जीवन बचाउने एक महत्त्वपूर्ण शल्यक्रिया हो, तर यसको अनावश्यक वृद्धिले आमा र बच्चा दुवैको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ । यो समस्याको समाधानका लागि बिरामीको सोच परिवारको भूमिका स्वास्थ्यकर्मीको अवस्था र सरकारको नीतिगत तहमा एकसाथ काम गर्न जरुरी छ । सुरक्षित मातृत्वका लागि प्राकृतिक जन्मलाई पहिलो प्राथमिकतामा राख्नु नै सबैको हितमा छ ।
स्वास्थ्यकर्मीको दरबन्दी वृद्धिमा सरकारले ध्यान दिनुपर्छ, अस्पतालहरूमा बिरामीको चापअनुसार नर्स र मिडवाइफको दरबन्दी थपिनुपर्छ । यसले बिरामीको उचित निगरानी सम्भव बनाउँछ र चिकित्सकहरूलाई प्राकृतिक प्रसवका लागि पर्खिन आत्मविश्वास दिन्छ । सरकारी लगानी र नीतिगत सुधारमा स्वास्थ्य क्षेत्रको बजेट बढाउनुपर्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जनशक्ति व्यवस्थापन ‘ओ एन्ड एम’को खाका तयार गरी कार्यान्वयन गर्नुपर्छ ।
तालिमप्राप्त मिडवाइफहरूलाई प्रसूति सेवामा दरबन्दी सिर्जना गरी परिचालन गर्दा नर्मल डेलिभरीको दर बढाउन सकिन्छ । चिकित्सकको चिकित्सकहरूलाई अनावश्यक कानुनी झन्झटबाट बचाउने र काम गर्ने सुरक्षित वातावरण बनाउने हो भने उनीहरूले जोखिमपूर्ण अवस्थामा पनि धैर्यपूर्वक निर्णय लिन सक्छन् ।
(परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीसँग गरिएको कुराकानीमा आधारित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण