घिमिरेको गीति सिर्जना ‘दिनमा पनि रातमा पनि’ सार्वजनिक
सारांश
- शनिबार काठमाडौंमा गीतकार डा. तारानाथ घिमिरेको गीत 'दिनमा पनि रातमा पनि' सार्वजनिक गरियो।
- वरिष्ठ कवि डा. नवराज लम्सालले गीतमा चोटहरू सङ्ग्रहबद्ध भएको र सघन चेतना ध्वनित भएको बताए।
- समारोहमा 'सुगम सङ्गीतः आस्था र अवस्था' विषयक विद्वत् प्रवचन प्रस्तुत गर्दै डा. विष्णु दाहालले धारणा राखे।
काठमाडौँ । गीतकार डा. तारानाथ घिमिरे‘धुर्कापानी’द्वारा रचित गीत ‘दिनमा पनि रातमा पनि’ विशेष समारोहका बिच राजधानीमा शनिबार सार्वजनिक भएको छ । ‘डीआर सिर्जना संसार’द्वारा आयोजित समारोहका प्रमुख अतिथि वरिष्ठ कवि डा.नवराज लम्सालले गीति सिर्जना सार्वजनिक गर्दै गीतमा चोटहरू सङ्ग्रहबद्ध भई अभिव्यक्त भएको बताएका थिए ।
यस गीतमा सघन चेतना ध्वनित भएको पनि उनले बताए । विशेष अतिथिका रूपमा उपस्थित वरिष्ठ सङ्गीतकार राजु सिंहले शब्दमार्फत अभिव्यक्त हुन नसकेको सिर्जना सङ्गीतको बाटो भई आवाजमा तरङ्गित हुने धारणा राखे । गीतकारको भावलाई सङ्गीतकारले सचेतनापूर्वक सिर्जनामा उतार्ने कौशल प्रस्तुत गरेको उनको विश्लेषण थियो ।
‘धुर्कापानी’को गीतमा प्रतिकात्मक अर्थ खोज्ने प्रशस्तै ठाउँ रहेको गीति सिर्जनाको विश्लेषण गर्ने क्रममा समालोचक डा.गीता त्रिपाठीले दाबी गरिन् । गीतमा प्रकटित रोदनले हरेक भावुकको संवेदनालाई स्पर्श गर्ने अभिमत प्रस्तुत गर्दै त्रिपाठीले आँसुमा विरेचनको शक्ति हुने भएकाले गीतको मर्मलाई भावनाको गहिराइमा डुबुल्की मारी गीति माधुर्य आस्वादन गर्नुपर्ने विचार व्यक्त गरिन् ।
समारोहमा ‘सुगम सङ्गीतः आस्था र अवस्था’ विषयक विद्वत् प्रवचन प्रस्तुत गर्दै विश्लेषक डा.विष्णु दाहालले समाज अनुसार गीतका श्रोता तयार हुने बताए ।
गीत–सङ्गीतको धारलाई समय अनुसार हिँडाउन नसक्दा कमजोर सिर्जनाले सुगम सङ्गीतमाथि प्रभुत्व जमाएको धारणा पनि उनले राखे हरेक युगमा सिर्जनाको भविष्य थाम्न सक्ने नयाँ पुस्ता जन्माउनु सुगम सङ्गीतको भविष्य निर्माणका लागि चुनौतीको विषय बनेको दाहालको विश्लेषण थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण