दीया बनिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२५’
सारांश
- दीया श्रेष्ठले न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका २०२५ को उपाधि जितिन्।
- उपाधि विजेताले मिस नेपाल प्रतियोगितामा सिधै प्रवेश पाउनेछिन् र नेपाल पर्यटन बोर्डको सद्भावना दूत बन्नेछिन्।
- प्रतियोगितामा १९ जना प्रतिस्पर्धीमध्ये कृष्मा सुवेदी पहिलो र आर्या कोइराला दोस्रो उपविजेता बने।
न्यूयोर्क । न्यूयोर्कमा सम्पन्न ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को उपाधि दीया श्रेष्ठले जितेकी छन्। शनिबार राति न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा आयोजित ग्राण्ड फिनालेमा उनले ८औँ संस्करणको ताज पहिरेकी हुन्।
न्यूयोर्क निवासी दीयाले उपाधि जितेसँगै आगामी वर्ष हुने मिस नेपाल प्रतियोगितामा सीधै प्रवेश पाउने अवसर प्राप्त गरेकी छन्। साथै, नेपाल पर्यटन बोर्डको सद्भावना दूत समेत उनी बन्नेछिन्।

प्रतियोगितामा अमेरिका भरिका विभिन्न १९ जना प्रतिस्पर्धी सुन्दरीहरूले भाग लिएका थिए। तीमध्ये टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित भए।
फिनालेमा अभिनेता प्रदीप खड्का, नायिका आँचल शर्मा, अनुपविक्रम शाही, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए।
प्रतियोगिताको आयोजना ड्रीम्स युनिभर्सलले गरेको हो। संस्थाका प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण