गुडिरहेको बसमा युवतीको रहस्यमय मृत्यु, २६ वटा आइफोन बोकेकी थिइन्
सारांश
- ब्राजिलमा बसमा यात्रा गरिरहेकी २० वर्षीया युवतीको रहस्यमय मृत्यु भयो, उनको शरीरबाट २६ वटा आइफोन फेला परे।
- शुरुमा हृदयघात भनिए पनि, डाक्टरहरूले उनको शरीरमा आइफोन फेला पारेपछि घटना तस्करीसँग जोडिएको आशंका गरिएको छ।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र फरेन्सिक रिपोर्टको प्रतीक्षा भइरहेको छ, ब्राजिलमा स्मार्टफोन तस्करी सामान्य छ।
ब्रासिलिया । ब्राजिलमा गुडिरहेको बसमा २० वर्षीय युवतीको रहस्यमय मृत्यु भएको छ ।
सुरुमा उनको मृत्यु हृदयघातका कारण भएको बताइएको थियो, तर जब डाक्टरहरूले उनको उपचार गर्न थाले, तब उनीहरूको शरीरबाट २६ वटा आइफोन फेला परे । यो घटनापछि उनको मृत्यु तस्करीसँग जोडिएको हुनसक्ने आशंका गरिएको छ ।
यो घटना जुलाई २९ को हो । युवती बसमा एक्लै यात्रा गरिरहेकी थिइन् र साओपाउलो जाँदै थिइन् । यात्राकै क्रममा उनले सास फेर्न गाह्रो भएको गुनासो गरेकी थिइन् । उनको अवस्था बिग्रँदै गएपछि बसका कर्मचारीले तत्काल डाक्टरहरूलाई बोलाए ।
डाक्टरहरूको टोलीले करिब ४५ मिनेटसम्म उनलाई होसमा ल्याउने प्रयास गरे पनि सफल हुन नसकेका र उनलाई घटनास्थलमै मृत घोषित गरिएको इन्डिया टुडेले समाचारमा लेखेको छ ।
उपचारका क्रममा डाक्टरहरूले युवतीको शरीरमा केही प्याकेटहरू टाँसिएको देखेपछि ध्यान दिएर हेर्दा ती प्याकेटहरू आइफोनले भरिएका पाएका थिए । अनुमानअनुसार उनी ती फोनहरूको तस्करी गरिरहेकी र शरीरमा लुकाएर लैजाँदै गरेको आशंका गरिएको छ ।
प्रहरीले उनको मृत्यु हृदयघातले नै भएको हो वा यसको पछाडि अन्य कुनै कारण छ भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । सत्यतथ्य पत्ता लगाउन फरेन्सिक रिपोर्टको प्रतीक्षा भइरहेको प्रहरीले जनाएको छ ।
ब्राजिलमा स्मार्टफोनको तस्करी निकै सामान्य मानिन्छ र यहाँ स्मार्टफोनको कालोबजारी निकै ठुलो छ । मानिसहरू प्रायः छिमेकी देश पाराग्वेबाट फोन तस्करी गरेर ल्याउँछन्, किनभने त्यहाँ फोनहरू सस्तो पाइन्छ ।
एक अनुमानअनुसार दैनिक करिब १० हजार मोबाइल फोन तस्करीमार्फत ब्राजिल भित्र्याइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण