अदालतकाे आदेश
दुई मुद्दामा दुर्गासँग २८ लाख धरौटी माग, थप तीन राजावादीलाई पनि अदालतको राहत
सोमबार, १९ साउन २०८२, २० : १०
सारांश
- उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
- प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख धरौटी माग गरिएको हो।
- राजावादी प्रदर्शनमा संलग्न दुई जनालाई पनि जनही ५० हजार धरौटीमा छाड्न आदेश दिइएको छ।
काठमाडौँ । उच्च अदालत पाटले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई मुद्दामा २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।
त्यस्तै राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थप तीन जनालाई पनि अदालतले राहत दिएकाे छ । अदालतले सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो । यस्तै दण्डपाणी रेग्मीलाई १० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।
यसअघिकाे समाचारमा अन्यथा भएकाेले सच्याइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण