एनसेलद्वारा भोल्टे रोमिङ सेवा सुरु
सारांश
- एनसेलले नेपाल भ्रमणमा आउने र बाहिर जाने ग्राहकका लागि भोल्टे रोमिङ सेवा सुरु गरेको छ।
- यस सेवाले विदेशमा रहँदा स्पष्ट आवाजमा फोन र उच्च गतिको डेटा प्रयोग गर्न मद्दत गर्छ।
- एनसेलले एयरटेलसँगको सहकार्यमा भारतमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा सुरु गरेको छ।
काठमाडौँ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरू र नेपाल बाहिर जाने आफ्ना ग्राहकहरूको लागि एनसेलले ‘भ्वाइस ओभर लङ टर्म इभोल्युसन’ (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गरेको छ। यस किसिमको सेवा सुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको हो।
यस सेवा सुरु भएपछि अब एनसेलका ग्राहकहरूले विदेश यात्रा गर्दा पनि स्पष्ट आवाजमा फोन कुराकानी गर्न र उच्च गतिको डेटा सेवा प्रयोग गर्दै सधैं अनलाइन रहन सक्नेछन्।
एनसेलले यसअघि नै नेपाल आउने विदेशी पर्यटकहरूका लागि इनबाउन्ड भोल्टे रोमिङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब भने कम्पनीले सेवा विस्तार गर्दै भारत जाने आफ्ना ग्राहकहरूको लागि पनि सोमबारदेखि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा सुरु गरेको हो।
भोल्टे प्रविधिले फोरजी नेटवर्कमार्फत तीव्र र स्थिर जडान सहित उच्च गुणस्तरको आवाज र एचडी कल सुविधा प्रदान गर्दछ। यसले गर्दा एनसेलका ग्राहकहरूले पहिलेको भन्दा अझ परिस्कृत अनुभव लिन सक्नेछन्।
एनसेलले पर्यटन, व्यापार वा अध्ययनको सिलसिलामा नेपाल आउने सबै ग्राहकलाई उत्कृष्ट डेटा तथा भ्वाइस सेवाको अनुभव दिन प्रतिवद्धता जनाएको छ। कम्पनीले भारत भ्रमण गर्ने ग्राहकहरूलाई सेवा प्रदान गर्न एयरटेलसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरेको छ। साथै, अन्य अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग पनि भोल्टे रोमिङ सेवा विस्तार गर्न परीक्षणको क्रम जारी रहेको बताएको छ।
कम्पनीका अनुसार, भारतको जियो र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी मोबाइल र भरिजोन, जापानका सफ्टबैंक र एनटीटी डोकोमो, चीनको चाइना मोबाइल र चाइना युनिकम, र क्यानडाको बेल तथा टेलस जस्ता प्रमुख मोबाइल सेवा प्रदायकहरूसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण भइरहेको छ।
इनबाउन्ड सेवाको हकमा एनसेलले भारतका एयरटेल र जियो, चीनको चाइना मोबाइल, कुवेतको ओरेडू, साउदी अरेबियाको मोबिली, अमेरिकाको एटी एन्ड टी, र भियतनामको भियटेलका ग्राहकहरूलाई भोल्टे रोमिङ सेवा प्रदान गर्दै आएको छ। कम्पनीले ग्राहकहरूलाई देश बाहिर जहाँ भए पनि आफ्नो परिवार, साथीभाइ र व्यवसायसँग सधैं जडा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण