बागमती प्रदेश : एमालेले टुङ्ग्यायो ६ मन्त्री
सारांश
- इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मुख्यमन्त्रीको रूपमा शपथ लिनेछन्।
- एमालेका मन्त्रीहरूले पनि आजै शपथ लिनेछन्, जसमा एक जना पुरानै मन्त्री र ५ जना नयाँ अनुहार हुनेछन्।
- मधुसूदन पौडेलको नेतृत्वमा एमाले सरकारमा सहभागी हुनेछ, जसमा विभिन्न मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
मकवानपुर । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री बानियाँको नियुक्ति ३ बजे र शपथ ग्रहण ४ बजेका लागि तय गरिएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ ।
बानियाँसँगै नेकपा एमालेका तर्फबाट मन्त्रीले पनि आजै शपथ ग्रहण गर्ने छन् । एमालेका अधिकांश मन्त्रीहरू आजै नियुक्त भई शपथ लिने एक सांसदले जानकारी दिए । उनका अनुसार एमालेबाट यसअघिको सरकारमा समेत संलग्न एक जना मन्त्री भने पुनः दोहोरिने र अन्य ५ जना नयाँलाई अवसर दिएको छ ।
एमालेले संसदीय दलको प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउँदै छ भने दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर रहेका छन् ।
उनलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ भने जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसूदन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री, डा। दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बनाउने एमालेको तयारी छ ।
एमालेबाट मन्त्री व्यक्ति टुंगिएपनि मन्त्रालयको बारेमा भने फेरबदल हुन सक्ने ती सांसदले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण