सबै पार्टीभित्र अहिले विखण्डन छ : धर्मेन्द्र बास्तोला
सारांश
- नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले नेपालका सांसदवादी पार्टीहरूमा विखण्डन भइरहेको बताए।
- उनले सांसदवादी पार्टीहरूले उत्पादन, आर्थिक, सामाजिक सम्बन्धलाई रूपान्तरण गर्न नसकेको आरोप लगाए।
- बास्तोलाले सांसदवादी पार्टीलाई जुवाको खालको संज्ञा दिए।
काठमाडौँ । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले नेपालका सबै सांसदवादी पार्टीमा विखण्डन भइरहेको बताएका छन् । काठमाडौँ मंगलबार पत्रकार सम्मेलन गरी उनले सांसदवादी पार्टीहरूले उत्पादन, आर्थिक, सामाजिक सम्बन्धलाई रूपान्तरण गर्न नसक्दा विखण्डन आएको जिकिर गरेका छन् ।
‘सबै सांसदवादी पार्टीभित्र अहिले विखण्डन छ । एमालेभित्र विद्या र केपी ओलीबिच टकराब छ । यता प्रचण्डको पार्टीमा अन्य नेताहरूबिच टकराब जस्तो देखिन्छ । एकीकृत समाजवादी पार्टीमा पनि नेताहरूबिच टकराब देखिन्छ । कांग्रेसभित्र पनि टकराबको स्थिति देखिन्छ । राप्रपामा पनि त्यस्तै छ’, उनले भने, ‘जुन समाजमा निरन्तर क्रान्तिकृत हुँदैन मानिसले रूपान्तरण खोज्छ । जुन देशमा उत्पादनका साधनामा परिवर्तन हुँदैन, उत्पादन सम्बन्ध र सामाजिक सम्बन्धमा परिवर्तन भएन भने व्यक्तिमा परिवर्तन खोल्छ । यसैकारणले सांसदवादी पार्टीभित्र विखण्डन देखिएको हो ।’
सांसदवादी पार्टीलाई लाई जुवाको खालको संज्ञा दिँदै जतिसुकै तास फिटे पनि समाज परिवर्तन हुने बास्तोलाले जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण