भूकम्प
युएईमा सामान्य भूकम्पको धक्का
मङ्गलबार, २० साउन २०८२, २३ : ३१
सारांश
- यूएईमा मंगलबार साँझ सामान्य प्रकृतिको भूकम्पको धक्का महसुस गरिएको छ।
- राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार खोर फक्कान क्षेत्रमा २ म्याग्निच्युडको भूकम्प गएको हो।
- भूकम्पको केन्द्र पाँच किलोमिटर गहिराइमा रहेको र यसले जनजीवनमा कुनै असर नगरेको बताइएको छ।
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा मंगलबार साँझ सामान्य प्रकृतिको भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार खोर फक्कान क्षेत्रमा २ म्याग्निच्युडको भूकम्प गएको हो। स्थानीय समय अनुसार यो धक्का साँझ ८ः३५ बजे महसुस गरिएको थियो।
भूकम्पको केन्द्र पाँच किलोमिटर गहिराइमा रहेको जनाइएको छ। केन्द्रका अनुसार भूकम्प सामान्य मात्रको भएको र यसले जनजीवनमा कुनै असर नपारेको स्पष्ट गरिएको छ। केही स्थानमा हल्का झट्का मात्र महसुस गरिएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण