अमेरिकाको एरिजोनामा विमान दुर्घटना, चार जनाको मृत्यु
बुधबार, २१ साउन २०८२, ०५ : ४८
सारांश
- एरिज़ोनाको चिन्ले विमानस्थलमा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
- विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको र जसमा सवार सबै स्वास्थ्यकर्मीको निधन भएको हो।
- दुर्घटनामा ज्यान गुमाउनेहरू नजिकैको अस्पतालबाट बिरामी लिन गएका स्वास्थ्यकर्मी थिए।
काठमाडौँ । अमेरिकाको एरिजोना राज्यस्थित चिन्ले विमानस्थलमा मंगलबार एक मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
नवाजो नेशन प्रहरी विभागका अनुसार दुई प्रोपेलर भएको बिचक्राफ्ट ३०० मोडेलको विमान दिउँसो १२ः४० बजे अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। विमान नवाजो नेशन अन्तर्गतको चिन्ले नगरपालिकास्थित विमानस्थलमा अवतरणका क्रममा खस्दा चढेका सबै चार जना स्वास्थ्यकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउने सबै जना मेडिकल कर्मचारी रहेको अधिकारीहरूले जनाएका छन् । ती कर्मचारी नजिकैको अस्पतालबाट बिरामी लिन गएका थिए।
प्रहरीका अनुसार विमान न्यु मेक्सिकोको अल्बुकर्कस्थित एक कम्पनीको स्वामित्वमा रहेको थियो। कम्पनीले मृतकका आफन्तलाई जानकारी गराइसकेको जनाइएको छ। हालसम्म मृतकहरूको पहिचान सार्वजनिक गरिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण