'आँखा मार्ने'मा रोमान्टिक देखिए नाजिर र प्रियङ्का
सारांश
- गायक तथा सङ्गीतकार कृष्ण विकको 'आँखा मार्ने' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।
- भिडियोमा नाजिर हुसेन र प्रियङ्का कार्कीको रोमान्टिक अभिनय रहेको छ।
- कृष्ण विकले यसै गीतबाट भिडियो निर्देशनमा डेब्यू गरेका छन्।
काठमाडौँ । गायक तथा सङ्गीतकार कृष्ण विकको 'आँखा मार्ने' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । विककै शब्द सङ्गीतमा तयार भएको गीतमा महिला गायनमा मनीषा सुनारले साथ दिएकी छन् ।
एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियङ्का कार्की रोमान्टिक मुडमा देखिएका छन् । आँखा मार्नेबाट नै गायक तथा सङ्गीतकार कृष्ण विकले भिडियो निर्देशनमा डेब्यू गरेका छन् ।
यसअघि 'यानीमाया', 'रातो टिकी', 'राधा पियारी', 'हजुर मुसुक्कै' लगायतका गीतमा सफलता पाइसकेका कृष्णले यो पटक अझ बढी आशा राखेका छन् । उनले भने, 'अघिल्ला पटक वर्षको दुई गीत गर्दै आएको थिए । यो पटक यसै गीतको लागि वर्ष खर्चिएको छु । नाजिर र प्रियङ्काको केमेष्टी दर्शकको रोजाइ बन्ला भन्ने अपेक्षा राखेको छु ।'
भिडियो कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । २०५८ सालमा 'सुन्दर सुदूरपश्चिम हाम्रो' गीतबाट औपचारिक गायन यात्रा सुरु गरेका विकले सृजना, अडियो र भिडियोमा गुणस्तरीय काम गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण