३८ हजार नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ
बुधबार, २१ साउन २०८२, १० : ०५
सारांश
- प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सप्तरीका दुई युवक छन्, जसको साथबाट १ हजार दरका ३८ थान नक्कली रुपैयाँ बरामद गरियो।
- उनीहरू मोटरसाइकलमा भारतबाट आएका थिए र रकम दिने व्यक्तिको खोजी भइरहेको छ।
काठमाडौँ । प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भिमनगर बोर्डर पोस्टबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमान क्रंकालिनी नागरपालिका–२ घर भएका २६ वर्षीय राजेश कुमार रजक र हनुमान कंकालिनी–१ घर भएका २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।
आरोपीहरूको साथबाट १ हजार दरको ३८ थान नक्कली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले रातोपाटीलाई बताए । उनीहरू लु.९२ प २३८० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आएका थिए । आरोपीहरूले सो रकम ‘अर्कै व्यक्तिले दिएको’ बयान दिएका छन् ।
उनीहरूलाई रकम दिने व्यक्तिबारे अनुसन्धान भइरहेको डीएसपी खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण