अमेरिकामा रुसी रसायन र किटनाशक औषधि आयातबारे केही थाहा छैन : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले रुसबाट किनेको रसायन र मलको बारेमा आफूलाई थाहा नभएको बताए।
- भारतले रुसबाट तेल किनेकोमा ट्रम्पले भारतलाई कर बढाउने चेतावनी दिएका थिए।
- ट्रम्पको भनाइको भारतले कडा विरोध गरेको थियो।
वासिङ्टन डीसी । हालैका दिनमा अमेरिकाले रुससँग कच्चा तेल किनेको मामिलामा भारतलाई निशाना बनाइरहेको छ । यसैबिच भारतले पनि अमेरिकाले रुसबाट किनिरहेको रसायन र किटनाशक औषधिबारे प्रश्न उठाएपछि यसबारे आफूलाई केही पनि थाहा नभएको अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले बताएका छन् । अमेरिकाले रुसबाट रसायन र कृषि मल आयात गर्छ भन्ने कुराको आफूलाई कुनै जानकारी नभएको ट्रम्पले मंगलबार भनेका हुन् ।
ह्वाइट हाउसमा एक पत्रकार सम्मेलनको क्रममा एएनआईले अमेरिकामा रुसी रसायन र मलको आयातबारे सोधेको थियो । यसको जवाफमा ट्रम्पले भने– ‘मलाई यसबारे केही पनि थाहा छैन । हामीले यसको अनुसन्धान गर्नुपर्नेछ ।’ एएनआईले राष्ट्रपतिको प्रेस टोलीलाई सम्पर्क गरेको र जवाफ आइनसकेको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् ।
भारतले रुससँग तेल किनिरहे अमेरिका भित्रिने भारतीय सामानमा कर व्यापक बढाउने घोषणा ट्रम्पले गरेको एक दिनपछि यो टिप्पणी आएको हो । भारतले ठुलो मात्रामा रुसी तेल किनिरहेको अनि यसरी किनिएको तेल खुला बजारमा ठुलो नाफा खाएर बेचिरहेको ट्रम्पको आरोप थियो ।
‘युक्रेनमा रुसी युद्ध मेसिनबाट कति जना मानिस मारिएका छन् भन्ने कुराको उनीहरूलाई वास्ता छैन । त्यसैले म भारतले अमेरिकालाई बुझाउने ट्यारिफमा उल्लेख्य वृद्धि गर्नेछु । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ....’ उनले भनेका थिए । ट्रम्पको यस अभिव्यक्तिको भारतले कडा विरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण