कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन
सारांश
- सशस्त्र प्रहरी बलले आर्थिक वर्ष २०८१/८२ मा ११ करोड ३२ लाख ७६ हजार ८७५ बराबरको राजस्व सङ्कलन गरेको छ।
- अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन झन्डै तीन गुणा बढी हो।
- कञ्चनपुर जिल्लामा १८ वटा बीओपी पोस्ट र तीन वटा सुरक्षा गुल्म छन्।
कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले आर्थिक वर्ष २०८१/८२ मा भन्सार छलीको सामानबाट रु ११ करोड ३२ लाख ७६ हजार ८७५ बराबरको राजस्व सङ्कलन गरेको छ । सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै तीन गुणा बढी राजस्व सङ्कलन गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लाकेन्द्रदेव भट्टले अघिल्लो आवको तुलनामा अवैध रुपमा भन्सार छली चोरी नेपाल भित्र्याएका भन्सार छलीका सामान बरामद गरी कारबाही लागि भन्सार कार्यालय बुझाएको जानकारी दिए ।
उनका अनुसार आव २०८०/८१ मा रु चार करोड ७६ लाख ७९ हजार ४०० बराबरको भन्सार छलीका सामान बरामद गरिएको थियो । ‘सीमा नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरेका छौँ’, सशस्त्र प्रहरी उपरीक्षक भट्टले भने, ‘अघिल्लो आवको तुलनामा झण्डै तेब्बर मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेका छौँ ।’
उनले कञ्चनपुर जिल्लामा सिमानाकामा १८ वटा विओपी पोष्ट र तीन वटा सुरक्षा गुल्म रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण