बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गाजामा सैन्य अभियान विस्तार गर्ने योजनामा इजरायल, यूएनले दियो यस्तो चेतावनी

बुधबार, २१ साउन २०८२, १४ : २९
बुधबार, २१ साउन २०८२

काठमाडौँ । इजरायलले गाजामा आफ्नो सैन्य अभियान विस्तार गरेमा परिणाम विनाशकारी हुने संयुक्त राष्ट्र सङ्घ (यूएन)ले चेतावनी दिएको छ । यूएनका एक शीर्ष अधिकारीले इजरायललाई यस्तो चेतावनी दिएका हुन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामाथि पूर्ण कब्जाको योजना बनाइरहँदा यूएनले यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरिएको छ । 

यस्तो कदम अत्यन्त चिन्ताजनक हुने यूएनका सहायक महासचिव मिरोस्लाभ जेन्काले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई बताए । नेतान्याहुले बिहीबार इजरायलको सुरक्षा मन्त्रीमन्डलसँग भेट गर्ने योजना बनाएको भन्दै इजरायली सञ्चार माध्यमले बताएका थिए । 

सर्तहरू तय भइसकेकोले गाजापट्टीलाई जित्न र हमासलाई हराउन आफूहरू प्रयासरत भएको भन्दै एक जना वरिष्ठ इजरायली अधिकारीले बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप