सडक दुर्घटनामा एकै परिवारका ७ जनाको मृत्यु
सारांश
- नोआखाली जिल्लामा भएको सडक दुर्घटनामा एउटै परिवारका ७ जनाको मृत्यु भएको छ, जसमा ३ बालबालिका थिए।
- माइक्रोबस हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आफन्त लिएर घर फर्किने क्रममा दुर्घटनाग्रस्त भयो।
- प्रहरीका अनुसार चालक निदाएका कारण सवारी अनियन्त्रित भई नहरमा खसेको अनुमान गरिएको छ।
ढाका। बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक दुर्घटनामा एउटै परिवारका ७ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जना बालबालिका रहेका छन् ।
चन्द्रगञ्ज हाइवे प्रहरी चौकीका प्रमुख मोबारक हुसैनका अनुसार, पीडितहरू हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आफन्तलाई लिएर माइक्रोबसमा घर फर्किरहेका थिए । फर्किने क्रममा बेगमगञ्ज उप–जिल्लामा सवारी साधन अनियन्त्रित भई सडक छेउको नहरमा खस्दा दुर्घटना भएको हो ।
“हामी अनुमान गर्छौँ कि चालक सुतिरहेको हुन सक्छ, जसका कारण सवारी नियन्त्रण गुमाएर नहरमा खस्यो,“ उनले भने ।
स्थानीय समयअनुसार बिहान करिब ६ बजे भएको सो दुर्घटनामा सवार सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
बङ्गलादेशमा सडक दुर्घटनाको दर निकै उच्च छ । कमजोर सडक संरचना, मर्मतविहीन सवारी साधन, अयोग्य चालकद्वारा ट्राफिक नियमको उल्लङ्घन र ट्राफिक विभागको कमजोर निगरानीका कारण यस्तो समस्या झन् गम्भीर बन्दै गएको विज्ञहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण