गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन
सारांश
- जनैपूर्णिमामा गोसाइँकुण्ड पुग्ने भक्तजनको स्वास्थ्य उपचारका लागि हिमालय उद्धार सङ्घले स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
- शिविरमा डाक्टरसहितको टोलीले हालसम्म ११० जनाको प्राथमिक उपचार गरेको जनाइएको छ।
- समुद्र सतहबाट ४ हजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा श्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचार भइरहेको छ।
रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड पुग्ने भक्तजनको प्राथमिक उपचारका लागि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालयन गरेको छ । सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालका अनुसार आफ्नो संस्थाको तर्फबाट अक्सिजनसहित विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्डको किनारमा शिविर सञ्चालन गरिरहेका छन् ।
हालसम्म ११० जनाको प्राथमिक उपचार गरिसकिएको उनले जनाकारी दिए। उनका अनुसार स्वास्थ्य टोलीमा डा पदम जोशीको नेतृत्वमा छ जना विशेषज्ञ चिकित्सक एवं एक जना स्वास्थ्य प्राविधिक सहजकर्ता रहेका छन् । समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा श्वासप्रश्वासमा कमी भएर आएका बिरामीलाई अक्सिजन लगाएर उपचार सेवा दिइएको निर्देशक बस्यालले जानकारी दिए ।
विगत २५ वर्ष अघिदेखि गोसाइँकुण्डका धार्मिक यात्रुलाई उपचार सेवा प्रदान गर्दै आएको उक्त संस्थाले यही साउनको मङ्गलबारदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हो । सो संस्थाले शिविरमार्फत भक्तजनको स्वास्थ्य उपचारमा सहयोग गरिरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
आफूहरूसँग आवश्यक सबै प्रकारका औषधि र अक्सिजन रहेकाले बिरामी पर्ने यात्रुले नआत्तिकन गोसाइँकुण्डमा सङ्घले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सम्पर्क राख्न समस्त यात्रुसमक्ष अनुरोध गरिएको शिविरका टोली प्रमुख डा जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण