सङ्घीयता र गणतन्त्र पूर्ण रूपमा असफल भइसक्यो, अब जनताले बुझिसके: महामन्त्री जबरा
सारांश
- राप्रपा महामन्त्री जबराले संघीयता र गणतन्त्र असफल भएको बताए।
- उनले जनता निराश भएको र राजासहितको प्रजातन्त्रको लागि अग्रसर भइरहेको बताए।
- जबराले राष्ट्रवादी शक्तिहरू बर्खापछि एकसाथ अघि बढ्ने बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबराले सङ्घीयता र गणतन्त्र पूर्ण रूपमा असफल भइसकेको बताएका छन् । उनले नेपाल झनझन गरिबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदिन फस्दै गइरहेको बताए ।
उनले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरूको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताए । असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर भइरहेको उनको भनाइ छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव रहेको बताए । नेपाली जनताले सङ्घीयता र गणतन्त्र असफल भएको महसुस गरिरहेको भन्दै अहिलेको व्यवस्था परिवर्तन गर्न जनताले सोच बनाइरहेको पनि उनको दाबी छ ।
राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउनका लागि गलत मुद्दाहरू लगाउने र धम्क्याउने प्रयासमा राज्य लागेको उनको आरोप छ । नेपालीहरूले संवैधानिक राजतन्त्रको पक्षमा आफ्ना आवाजहरू उठाइरहेको र अब बिस्तारै सफल हुने दाबी गरे।
बर्खापछि राष्ट्रवादी शक्तिहरू एकसाथ भएर अघि बढ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण