कविता
लीला जगत्काे
बिहीबार, २२ साउन २०८२, ११ : १९
तरङ्गित भई आउने तिम्रा आवाजले
जब आफैँभित्र स्पन्दन गर्छन्
बिहानीको कुमारी घामझैँ
भित्र–भित्रै न्यानोपन दिन्छन् !
शरीर मन र भावहरूमा
बिस्तारै बिस्तारै स्पर्श गर्दै
स्पर्शको त्यो आभासहरूमा
दिनहरू मेरा फक्रिदिन्छन् !
फक्रिएका ती भावहरूमा
बग्दैबग्दै कताकता पुग्छु,
आनन्दको त्यो सुखद क्षणलाई
आफैँभित्र बडो जतन गर्छु !
जब आफैँभित्र आफू हुन्छु
जीवन कति रमाइलो लाग्छ
आवाजभित्रको ती झन्कारले
जब चेतनाभित्र बहाव ल्याउँछ !
रुन्छु, हाँस्छु, रमाउँछु एक्लै
एकान्तसँग मितेरी लगाएकी छु
त्यही मितेरीसँग भलाकुसारी गर्दै
भित्रभित्रै त्यसैत्यसै रमाएकी छु !
रमाउनुको आनन्दमै
प्राप्ति के हो थाहा छैन
पाउनु गुमाउनु के रहेछ र आखिर
लीलाजगतको नियालिरहेछु !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण