कविता
लीला जगत्काे
बिहीबार, २२ साउन २०८२, ११ : १९
तरङ्गित भई आउने तिम्रा आवाजले
जब आफैँभित्र स्पन्दन गर्छन्
बिहानीको कुमारी घामझैँ
भित्र–भित्रै न्यानोपन दिन्छन् !
शरीर मन र भावहरूमा
बिस्तारै बिस्तारै स्पर्श गर्दै
स्पर्शको त्यो आभासहरूमा
दिनहरू मेरा फक्रिदिन्छन् !
फक्रिएका ती भावहरूमा
बग्दैबग्दै कताकता पुग्छु,
आनन्दको त्यो सुखद क्षणलाई
आफैँभित्र बडो जतन गर्छु !
जब आफैँभित्र आफू हुन्छु
जीवन कति रमाइलो लाग्छ
आवाजभित्रको ती झन्कारले
जब चेतनाभित्र बहाव ल्याउँछ !
रुन्छु, हाँस्छु, रमाउँछु एक्लै
एकान्तसँग मितेरी लगाएकी छु
त्यही मितेरीसँग भलाकुसारी गर्दै
भित्रभित्रै त्यसैत्यसै रमाएकी छु !
रमाउनुको आनन्दमै
प्राप्ति के हो थाहा छैन
पाउनु गुमाउनु के रहेछ र आखिर
लीलाजगतको नियालिरहेछु !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण