नेपालमा मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी धेरै
सारांश
- नेपालमा मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी नसर्ने रोगहरू बढ्दै गएका छन्।
- सन् २०१० मा ५१ प्रतिशत मृत्यु नसर्ने रोगबाट हुने गरेकोमा, २०१९ मा यो संख्या ७१.१ प्रतिशत पुग्यो।
- स्वास्थ्य विज्ञहरूका अनुसार, नसर्ने रोगहरू धुम्रपान, अस्वस्थकर खानपान र प्रदूषण जस्ता कारणले गर्दा बढ्छन्।
काठमाडौँ । नेपालमा नसर्ने मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको छ । नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा.मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताइन् । तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको उनको भनाइ छ । प्रमुख नसर्ने रोगमा मुटु रोग ३० प्रतिशत, क्यान्सर नौ प्रतिशत र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग १० प्रतिशत रोग लाग्ने गरेको उनले बताइन् ।
नेपालमा आजभन्दा १५ वर्ष अघि अर्थात् सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको सङ्ख्या बढेर ६० प्रतिशत पुगेको र सन् २०१६ मा त झन् बढेर ६६ प्रतिशत पुगेको जनाइएको छ । सन् २०१९ मा आइपुग्दा कुल मृत्युको ७१ दशमलव एक प्रतिशत हिस्सा नसर्ने रोगको भागमा परेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनमा उल्लेख छ ।
नसर्ने रोगको उपचारमा हुने खर्च अत्यधिक हुने गर्दछ र स्वास्थ्य क्षेत्रमा हुने कुल खर्चमध्ये सबैभन्दा बढी खर्च नसर्ने रोगमा नै हुने गरेको देखिएको छ । विश्वमा नसर्ने रोगका कारण वार्षिक ४३ लाख व्यक्तिको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्ममा विश्वव्यापी मृत्यु गराउने पाँच प्रमुख कारण नसर्ने रोग नै हुने अनुमान गरेको छ ।
नसर्ने रोग धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, मद्यपान र वायु प्रदूषणले निम्त्याउने गरेको छ । एलाइन्सका सदस्य तथा स्वास्थ्य पत्रकार सरोज ढुङ्गेलले सरकारले नसर्ने रोगबारेमा आमनागरिकलाई समयमा सचेत गराउन आवश्यक रहेको बताए ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका पूर्वअध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सरकार जतिकै भूमिका पत्रकारको हुने भएकाले नसर्ने रोगबारेमा समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण