शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अहिले विद्युतीय गाडीहरूको क्षमतामाथि प्रश्न उठेको छ, हामीसँग जाँच्न मेसिन छैन : महानिर्देशक भट्टराई

शुक्रबार, २३ साउन २०८२, १३ : २९
शुक्रबार, २३ साउन २०८२

सारांश

  • भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विद्युतीय सवारी साधनको क्षमता जाँच गर्ने मेसिन नभएको बताए।
  • ईभी गाडीमा दिइएको छुट र नेपालमै एसेम्बल गर्ने गाडीमा भन्सार सुविधा दिने नीतिले बेरुजु बढेको उनको भनाइ छ।
  • भट्टराईका अनुसार भन्सार विभागको बेरुजु २० अर्बभन्दा बढी छ, र यसलाई फर्छ्यौट गर्न कार्ययोजना बनाइएको छ।

काठमाडौँ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विद्युतीय सवारी साधनको क्षमता जाँचपास गर्ने मेसिन अहिलेसम्म नभएको र एसेम्बल गर्ने गाडीमा दिइएको छुटका कारणले पनि प्रत्येक वर्ष बेरुजु बढेको बताएका छन् । शुक्रवार सार्वजनिक लेखा समितिमा भएको बेरुजुसम्बन्धिको छलफलमा भट्टराईले ईभी गाडीहरूको क्षमता जाँच्ने कार्यक्षेत्र भन्सार विभागलाई नभएको बताएका हुन्। 

उनकाअनुसार यातायात व्यवस्था विभाग अन्तर्गत क्षमता जाँच्न सकिने भए पनि आवश्यक मेसिनहरू नहुँदा प्रभावकारी हुन सकिरहेको छैन । उनका अनुसार अहिले भन्सार विभागको बेरुजु २० अर्ब भन्दा बढी छ । 

विभागका महानिर्देशक भट्टराईले भने, ‘बेरुजुका पछाडि  विद्युतीय सवारी साधन (ईभी) मा सरकारले लिएको प्रवर्द्धनात्मक नीतिहरू पनि देखिएका छन् भने  नेपालमै एसेम्बल गर्ने गाडीमा भन्सार सुविधा दिनेबारे प्रश्न उठेको छ । अहिले विद्युतीय गाडीहरूको मोटरको क्षमतामाथि पनि प्रश्न उठेको छ । महालेखाले प्रश्न समेत उठाएको छ । हामीसँग जाँच्ने उपकरण छैन । कार्यक्षेत्रले पनि यातायात व्यवस्था विभागलाई जिम्मेवारी दिएको छ ।’ 

महानिर्देशक भट्टराईले बेरुजुका पछाडि सुर्तीदेखि ग्यास बुलेटको ढुवानीसम्म जोडिएका छन् । विभागले बेरुजु फर्छ्यौटलाई कार्ययोजना बनाएर प्रभावकारी रूपमा काम गरिरहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप