उत्तराखण्ड बाढीपहिरो : नेपाली समाज भारतको चासो
शुक्रबार, २३ साउन २०८२, १५ : २१
सारांश
- नेपाली समाजले भारतको उत्तराखण्डमा बाढीपहिरोबाट भएको क्षतिको बारेमा चासो व्यक्त गरेको छ।
- समाजका अध्यक्ष र महासचिवले विज्ञप्ति जारी गर्दै पीडित नेपालीहरूको अवस्थाबारे जानकारी सङ्कलन गरिरहेको बताएका छन्।
- सङ्गठनले प्रदेश र स्थानीय इकाईहरूलाई उद्धार, राहत र स्वास्थ्योपचारका लागि परिचालन गरेको छ।
काठमाडौँ । नेपाली समाज भारतले भारतको उत्तराखण्डमा बाढी पहिरोबाट भएको क्षति र नेपाली नागरिकको अवस्थाबारे चासो व्यक्त गरेको छ ।
समाजका अध्यक्ष चक्रबहादुर मलाती र महासचिव आरवी खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै भारत सरकार, उत्तराखण्ड राज्य सरकार, स्थानीय प्रशासन र नेपाल सरकारको दूतावासको समन्वयमा रहँदै पीडित नेपालीहरूको अवस्थाबारे आवश्यक जनाकारी सङ्कलन, उद्धार, राहत तथा स्वास्थ्योपचार गरिरहेको उल्लेख गरेको छ ।
साथै सङ्गठनले प्रदेश तथा स्थानीय इकाईहरूलाई सक्रिय रूपमा परिचालन गरेको समेत जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण