जङ्गली हात्तीले धानबालीमा क्षति पुर्यायो
शुक्रबार, २३ साउन २०८२, २० : २०
सारांश
- कञ्चनपुरको बेदकोट नगरपालिकामा जङ्गली हात्तीको बथानले आठ किसानको धानबालीमा क्षति पुर्यायो।
- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले स्थानीय किसानको खेतमा क्षति पुर्याएको वडाध्यक्षले बताए।
- प्रहरीले हात्ती प्रभावित क्षेत्रमा टोली पठाएको छ र क्षतिको विवरण संकलन गरिरहेको छ।
कञ्चनपुर । बेदकोट नगरपालिका वडा नम्बर १० चथरीमा जङ्गली हात्तीको बथानले शुक्रबार स्थानीय आठ किसानको दुई बिघा खेतमा लगाइएको धानबालीमा क्षति पुर्याएको छ ।
वडाध्यक्ष रतन विष्टका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले धानबालीमा क्षति पुर्याएका हुन् । स्थानीय रमिला रानाको १० कठ्ठा, मिना रानाको १० कठ्ठा, सीतादेवी कठायतको पाँच कठ्ठा, पुरन चुनारा, रूपया चुनारा, सुर आग्रिर राम चुनाराको गरी १० कठ्ठा जग्गाको धानबालीमा नोक्सानी पुर्याएको उहाँको भनाइ छ ।
यसबारे प्रहरीलाई जानकारी गराइ सकिएको वडाध्यक्ष विष्टले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार अस्थायी प्रहरी पोष्ट दैजीबाट तीन जनाको प्रहरीको टोलीलाई हात्ती प्रभावित क्षेत्रमा पठाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण