बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जम्मू–कश्मीरको कुलगाममा भिडन्त, दुई सैनिक र एक आतङ्ककारी मारिए

शनिबार, २४ साउन २०८२, १० : १०
शनिबार, २४ साउन २०८२

सारांश

  • कुलगामको अखल जंगलमा सुरक्षा बल र आतङ्ककारीबीचको भिडन्तमा दुई भारतीय सैनिकको मृत्यु भएको छ।
  • अगस्ट १ देखि सुरु भएको अपरेसनमा हालसम्म १० सैनिक घाइते भएका छन् र एक आतङ्ककारी मारिएका छन्।
  • मारिएका आतङ्ककारी पुलवामाका ह्यारिस नाजिर डार रहेको र उनको साथबाट हतियार बरामद गरिएको छ।

जम्मू । जम्मू–कश्मीरको कुलगाम जिल्लाको अखल जंगलमा भइरहेको सुरक्षा बल र आतङ्ककारीबिचको भिडन्तमा दुई भारतीय सैनिक सहिद भएका छन् भने एक आतङ्ककारी मारिएको सैन्य अधिकारीले जानकारी दिएका छन्। अपरेसन ‘अखल’ गत अगस्ट १ देखि सुरु भएको हो र शनिबारसम्म यसको नवौँ दिन पुगेको छ।

सुरक्षा निकायका अनुसार शुक्रबार चार सैनिक घाइते भएका थिए। उपचारका क्रममा लान्स नायक प्रितपाल सिंह र सिपाही हरमिंदर सिंहको मृत्यु भएको हो। यस अपरेसनमा हालसम्म १० सैनिक घाइते भइसकेका छन्।

अगस्ट २ को बिहान मारिएका दुई आतङ्ककारीमध्ये एकको पहिचान पुलवामाका ह्यारिस नाजिर डारको रूपमा गरिएको थियो। उनी सी–श्रेणीका आतङ्ककारी मानिन्थे। 

पहलगाम आक्रमणपछि अप्रिल २६ मा गुप्तचर निकायहरूले सार्वजनिक गरेका १४ स्थानीय आतङ्ककारीको सूचीमा उनको नाम पनि थियो। ह्यारिसको साथबाट एके–४७ राइफल, म्यागजिन र गोली–बारुद बरामद गरिएको छ।

अपरेसन अखल विशेष अपरेसन ग्रुप, जम्मू–कश्मीर प्रहरी, भारतीय सेना र केन्द्रीय रिजर्भ पुलिस फोर्सको संयुक्त टोलीद्वारा सञ्चालन भइरहेको छ। जङ्गल क्षेत्रमा अझै थप आतङ्ककारीहरू लुकेको आशङ्का रहँदा दुवै तर्फबाट गोलाबारी जारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप