सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए
शनिबार, २४ साउन २०८२, १४ : ४७
सारांश
- बूढीनन्दाको दर्शन गरेर फर्किने क्रममा हराएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा फेला परे।
- उपाध्यायलाई इलाका प्रहरी कार्यालय कोल्टीको टोलीले लेकको गोठमा फेला पारेको थियो।
- उनी बूढीनन्दाबाट फर्केर चुडेपानी बर डाँडामा आए र फेरि बूढीनन्दतर्फ फर्किएपछि उनको खोजी गरिएको थियो।
बाजुरा । बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका–९ उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन् ।
मन्दिरमा दर्शन गरी फर्कने क्रममा हराएका उनलाई इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले लेकका गोठमा हिँड्दै गरेको अवस्थामा भेटेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिएका छन् ।
शुक्रबार ५ः ३० बजे बूढीनन्दाबाट फर्किएर चुडेपानी बर डाँडामा आएको र त्यहाँबाट फेरि बूढीनन्दातर्फ फर्किएकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण