बानियाँलाई विश्वासको मत दिन कांग्रेसका सांसदहरूलाई ह्विप
शनिबार, २४ साउन २०८२, १९ : ३६
सारांश
- नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ।
- कांग्रेस संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले सांसदहरूलाई साउन २७ गतेको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्।
- मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि साउन २७ मा प्रदेशसभा बैठक बोलाइएको छ।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ ।
शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले एक सूचना सम्प्रेषण गर्दै साउन २७ गते मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा अनिवार्य उपस्थित हुन निर्देशन गरेका छन् ।
जसमा संसदको बैठकमा उक्त प्रस्ताव माथि तटस्थ नरहन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको उनले बताए ।
शनिबार नै बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि साउन २७ मा प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण