टर्कीमा ६.१ रेक्टरको भूकम्प
सारांश
- टर्कीको बालिकेसिरमा ६.१ रेक्टर स्केलको भूकम्प आयो, दर्जनौँ भवन भत्किए।
- भूकम्पको धक्का इस्तानबुलसम्म महसुस भयो, गोल्चुकमा केही घर र मस्जिद भत्किए।
- भूकम्पबाट चार जना घाइते भए, उद्धारकर्मीहरूले भग्नावशेषमा फसेकाहरूलाई खोजिरहेका छन्।
काठमाडौँ । टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा आइतबार ६.१ रेक्टर स्केलको भूकम्प आएको छ। केन्द्रबिन्दु सिन्डिर्गी सहरमा भएको भूकम्पका कारण करिब दर्जनौँ भवन भत्किएका छन् भने कम्तीमा दुई जना भग्नावशेषमा फसेका छन्।
भूकम्पका झट्का करिब २०० किलोमिटर टाढा अवस्थित १ करोड ६० लाख जनसङ्ख्या भएको इस्तानबुलसम्म महसुस गरिएको थियो। नजिकैको गोल्चुक गाउँमा केही घर र मस्जिदको मिनार पनि भत्किएको छ।
स्वास्थ्य मन्त्रीका अनुसार चार जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था खतरामुक्त छ। उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूलाई निकाल्ने प्रयासमा छन्।
टर्कीको विपद् व्यवस्थापन निकायले ४.६ रेक्टरको पराकम्पसहितका पराकम्प आउने सम्भावना रहने भन्दै क्षतिग्रस्त भवनमा नजान आग्रह गरेको छ। राष्ट्रपति रेचेप तैयप एर्दोगानले प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण