युवा संघको काभ्रे जिल्ला अधिवेशन : विद्या भण्डारी पक्षद्वारा एकलौटी कमिटी घोषणा
सारांश
- काभ्रेपलान्चोकमा एमालेको युवा संघको अधिवेशनमा केपी ओली पक्षले बहिष्कार गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले कमिटी घोषणा गर्यो।
- ओली पक्षले अधिवेशन रोक्न खोज्दा पूर्वराष्ट्रपति भण्डारी पक्षले अधिवेशन सम्पन्न गर्यो, र सीबी लामा अध्यक्षमा निर्वाचित भए।
- ओली पक्षले अधिवेशन अवैधानिक भएको आरोप लगाएको छ, भने निर्वाचनमा राजन भुर्तेलले उद्घाटन गरे तर क्षितिज थेबे र गोकुल बास्कोटा उपस्थित भएनन्।
काभ्रेपलान्चोक । काभ्रेपलान्चोकमा एमालेको भ्रातृ सङ्गठन युवा संघको अधिवेशन विवादित बनेको छ । केपी ओली पक्षले अधिवेशन बहिष्कार गरे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले एकलौटी रूपमा कमिटी घोषणा गर्दै एघारौँ जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ ।
ओली पक्षीय नेताहरूले जिल्ला उपाध्यक्ष रुपकजंग रायमाझीलाई अधिवेशन आयोजक कमिटीको संयोजक तथा ११ औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाउनु पर्ने एक सूत्रीय अभियानमा लागेर अधिवेशन रोक्न प्रयास गरेका थिए । सोहीअनुसार युवा सङ्घ बागमती प्रदेश अध्यक्ष हरिशरण जमकट्टेल र काभ्रेपलान्चोक इन्चार्ज तथा केन्द्रीय सदस्य सागर रायमाझीले अधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए । तर सो निर्देशानुसार अघि नबढी पूर्वराष्ट्रपति भण्डारी पक्षले अधिवेशन सम्पन्न गराएको हो।
प्रदेश कमिटीलाई समन्वयकारी भूमिका मात्र भएको र कार्यकारी अधिकार केन्द्रीय कमिटीमा रहेको तथा केन्द्रीय कमिटीले अधिवेशन रोक्न मौखिक एवम् लिखित निर्देशन जारी नगरेकाले अधिवेशन अघि बढाइएको निवर्तमान अध्यक्ष ईश्वर वल्लभ सापकोटाले दिए । भण्डारी पक्षले १३ वटै पालिका कमिटीबाट प्रतिनिधित्व सुनिश्चित गरी अवरोधका प्रयासलाई चिर्दै अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ। तर ओली समूहले भने आफूलाई पेलेर जान खोजिएको र अनधिकृत रूपमा अधिवेशन गरिएको आरोप लगाएको छ । ओली पक्षको नेतृत्व गरेका युवा संघका उपाध्यक्ष रूपक रायमाझीले जिल्लामा भएको अधिवेशन अवैधानिक भएको बताए ।
आइतबार धुलिखेलमा सम्पन्न अधिवेशनबाट सीबी लामा अध्यक्षमा निर्वाचित हुँदा रमेश बुढाथोकी उपाध्यक्षमा र अमन धिताल सचिवमा निर्वाचित भएका छन् । त्यस्तै राजेन्द्र लामा र सगुन थापा सहसचिव, शिवप्रसाद ढुङ्गेल कोषाध्यक्षमा निर्वाचित भएका छन्। सङ्गठन विभागको प्रमुखमा किरण तामाङ निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन नेकपा एमाले काभ्रेपलान्चोकका अध्यक्ष राजन भुर्तेलले गरेका थिए। केन्द्रीय अध्यक्ष क्षितिज थेबे प्रमुख अतिथिको रूपमा आउने कार्यतालिका निर्धारित गरिएको भए पनि उनी उपस्थित भएनन्। काभ्रे जिल्लामा पार्टीका हरेक अधिवेशनमा प्रमुख अतिथि भएर आउने जिल्ला इन्चार्ज रहेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा समेत कार्यक्रममै देखिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण