गाजामाथिको नयाँ आक्रमणको बचाउ गर्दै नेतन्याहु
सारांश
- इजरायलका प्रधानमन्त्री नेतन्याहूले गाजामाथिको आक्रमणको बचाउ गर्दै हमासलाई पराजित गर्ने बताए ।
- इजरायलले गाजामा हमासको गढहरू ध्वस्त पार्न निर्देशन दिएको र ट्रम्पको समर्थन पाएको जनाएको छ ।
- नेतन्याहुले गाजा कब्जा गर्ने नभई मुक्त गर्ने लक्ष्य रहेको बताउँदै हमासलाई समस्याको कारक मानेका छन् ।
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले आइतबार गाजामाथि भएका नयाँ आक्रमणको बचाउ गरेका छन् । इजरायलसँग काम फत्ते गर्नु अनि हमासलाई पूर्णतः पराजित गर्नु बाहेक अरू कुनै विकल्प नभएको उनको भनाइ छ ।
इजरायलको सुरक्षा परिषद्ले गत हप्ता गाजा शहरमा मात्र नभई केन्द्रीय शिविर र मुवासीमा हमासको गढहरू ध्वस्त पार्न निर्देशन दिएको थियो । यस मामिलामा इजरायलले घरभित्र मात्रै नभएर विदेशमा पनि व्यापक विरोधको सामना गरिरहेको छ । यही बीचमा नेतान्याहूले गाजामा आक्रमण गर्ने योजनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेका छन् ।
नेतान्याहुले ट्रम्पले समर्थन गरेको भन्दै त्यसका लागि धन्यवाद पनि दिएका छन् । गाजामा भोकमरी छ भन्ने कुरालाई अस्वीकार गर्दै नेतन्याहुले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकभन्दा ठिक अगाडि विदेशी मिडियासँग कुरा गरेका थिए । यस क्रममा नेतान्याहूले आफ्नो लक्ष्य गाजा कब्जा गर्नु नभएर गाजालाई मुक्त गर्नु भएको बताएका थिए ।
इजरायलले गाजामा सहायता वितरण स्थलहरूको संख्या बढाउन चाहेको छ । गाजामा कयौं समस्याका लागि उनले हमासलाई दोष दिँदै आएका छन् । हमासमा अझै पनि हजारौँ सशस्त्र आतङ्ककारीहरू भएको अनि प्यालेस्टिनीहरूले उनीहरूसँग स्वतन्त्रताको लागि भिख मागिरहेको उनले बताए । तर, हमासले भने नेतन्याहुको टिप्पणीलाई अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण