महाकाली नदीमा डुबेका दुई बालिकाको अझै पत्तो लागेन
सारांश
- कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्।
- सात वर्षीय सान्वी पन्त र ६ वर्षीय जीविका पन्त आइतबार नदीमा डुबेका थिए।
- प्रहरी, सेना र स्थानीय बासिन्दाले खोजी जारी राखे पनि अहिलेसम्म फेला पार्न सकेका छैनन्।
कञ्चनपुर । भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालिकाको अझै पत्तो लाग्न सकेको छैन । नुहाउने क्रममा सात वर्षीय सान्वी पन्त र ६ वर्षीय जीविका पन्त आइतबार नदीमा डुबेर बेपत्ता भएका थिए ।
आज बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको टोलीले नदी क्षेत्रमा दुवै बालिकाको खोजतलासको कार्य जारी राखे पनि अहिलेसम्म फेला पार्न सकेका छैनन् ।
“बालिका नदीमा डुबेको खबर पाउने बित्तिकै आइतबार साँझ अबेरसम्म नदीमा खोजतलास गर्यौँ,” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, “आज बिहानदेखि पुनः खोजतलासको कार्य भइरहे पनि अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।” नदीमा पानीको बहाव अधिक रहेकाले खोजतलासको कार्यमा अप्ठेरो भइरहेको उनको भनाइ छ । दुवै बालिका एकै परिवारको भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण