दिनदिनै मासु खाँदा के हुन्छ ?
सारांश
- अक्सफोर्ड विश्वविद्यालयको अध्ययनले दैनिक मासु सेवन स्वास्थ्यका लागि हानिकारक देखाएको छ।
- अध्ययनले ४७ हजारभन्दा बढी मानिसहरूमा दैनिक मासु सेवनले विभिन्न रोगको जोखिम बढाउने देखाएको छ।
- अनुसन्धान अनुसार, रातो मासु वा प्रशोधित मासु हप्तामा तीन पटक मात्र खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ।
काठमाडौँ । के तपाईं हरेक दिन मासु खानुहुन्छ ? खानुहुन्छ भने यो समाचार तपाईंकै लागि हो । हालै अक्सफोर्ड विश्वविद्यालयले एउटा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो ।
यो अध्ययन ४७ हजारभन्दा बढी मानिसहरूमाथि गरिएको थियो । यसमा सहभागी सबै जना हरेक दिन मासु खान्थे । अध्ययनका क्रममा हरेक दिन मासु खाँदा धेरै गम्भीर रोगहरू लाग्न सक्ने पाइयो ।
अक्सफोर्डको यो अध्ययन बीएमसी मेडिसिनमा प्रकाशित छ । यस अध्ययनका अनुसार ४७ हजार ५०० जना मानिसहरूलाई ८ वर्षसम्म लगातार हरेक दिन मासु खुवाइएको थियो ।
हरेक दिन मासु खानाले उनीहरूमा धेरै परिवर्तनहरू ल्यायो । अनुसन्धानमा समावेश वयस्कहरू धेरै प्रकारका रोगहरूले ग्रसित थिए वा उनीहरूमा गम्भीर रोगहरूको जोखिम (लक्षण) हरू देखापर्यो ।
अक्सफोर्डको अध्ययनअनुसार हरेक दिन मासु खानाले ६ गम्भीर रोगहरूको जोखिम बढ्छ । यी सबै रोगहरू कलेजो, पेट आदिसँग सम्बन्धित छन् । यो बानीले २५ खालका सामान्य गैरक्यान्सर स्वास्थ्य अवस्थाहरूको जोखिम बढ्ने पनि पाइयो ।
अनुसन्धानका अनुसार रातो मासु वा प्रशोधित मासु नियमित रूपमा (हप्तामा तीन पटक मात्रै) खाँदा पनि स्वास्थ्य समस्याहरू देखिए । यसका कारण विशेष गरी मुटुको समस्या, मधुमेह, कलेजो रोग, मोटोपना, निमोनिया आदिको जोखिम बढेको भेटयो ।
कुनै पनि खाना सन्तुलित रूपमा खानुपर्छ । कुखुरा, मटन वा माछा हरेक दिन खानु हुँदैन । हप्तामा एक पटक मात्रै खानुपर्छ । खानु अघि मासुलाई राम्रोसँग पकाउनुहोस् ।
एक पटकमा १००– १५० ग्राम मात्र खानुहोस् । तपाईंको आहारमा मासुलाई यसरी सन्तुलित बनाउने हो भने हानी गर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण