स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अप्ठ्यारो पर्यो : अर्थमन्त्री पौडेल
सारांश
- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार आयोजनामा लगानी गर्न स्रोत अभाव भएको बताए।
- वैकल्पिक वित्तको कानुनले पूर्वाधारमा लगानी जुटाउन र कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
- यस कानुनले ठुला आयोजनाहरू अघि बढाउन वैकल्पिक स्रोत परिचालन गर्नेछ।
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभाव भएर राज्यले पूर्वाधार आयोजनामा लगानी गर्न नसकेको बताएका छन् ।
अर्थ समितिमा सोमबार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा पौडेलले पूर्वाधारमा लगानी गर्न स्रोत नभएका कारण राज्यले वैकल्पिक वित्तको कानुन ल्याउन खोजेको बताएका हुन् ।
उनका अनुसार आयोजना छनोटका लागि, ट्रेजरीबाहिरबाट स्रोत जुटाउन र कार्यान्वयन गर्नका लागि यो कानुनले महत्त्वपूर्ण हुनेछ । अर्थमन्त्री पौडेलले भने, ‘अहिले राज्यले पूर्वाधारमा लगानी गर्न सक्ने अवस्था रहेन । हामीलाई स्रोतको ठुलो दबाब भयो त्यसैले प्रतिफल दिने आयोजनामा ट्रेजरी भन्दा बाहिरबाट स्रोत जुटाउन यो विधेयक ल्याइएको हो । वैकल्पिक स्रोतमार्फत पूर्वाधारहरूमा लगानी जुटाएर ठुला आयोजनाहरू अघि बढ्न सघाउ पुग्नेछ ।’
वैकल्पिक वित्तको कानुन बनेपछि स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अहिले परिरहेको समस्या समाधान हुनेछ । खानीका अध्ययन, मल कारखाना, आइटी लगायतका क्षेत्रमा त्यस्तो स्रोत परिचालन गर्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण