नागरिकता दुरुपयोग रोक्न र नागरिकताविहीन अवस्था टार्न सरकार सचेत होस् : सांसद गौतम
सारांश
- एमाले सांसद इन्दिरादेवी गौतमले गैरआवासीय नेपाली नागरिकताको विषयमा छिटो निष्कर्ष निकाल्न आग्रह गरिन्।
- उनले गैरआवासीय नागरिकताको अस्पष्टताका कारण प्रवासी नेपालीमा निराशा र आक्रोश बढेको बताइन्।
- गौतमले नागरिकता दुरुपयोग रोक्न र कोही पनि नेपाली नागरिक नागरिकताविहीन नहुने कुरामा जोड दिइन्।
काठमाडौँ । नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता उपलब्ध गराउने विषयमा छिटो निष्कर्षमा पुग्न सरकार र समितिलाई आग्रह गरेकी छन् ।
राष्ट्रिय सभाको सोमबारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा सहभागी हुँदै गौतमले लामो समयदेखि गैरआवासीय नागरिकताको विषयमा अस्पष्टता रहँदा प्रवासी नेपाली नागरिकमा निराशा र आक्रोश रहेको बताएकी हुन्।
उनले भनिन्, ‘वंशजको नागरिकतालाई स्पष्ट पार्दै विदेशमा रहेका नागरिकले गैरआवासीय नेपाली नागरिकता पाउने विषयमा संविधानको मर्म र भावनाअनुसार नयाँ विधेयक बनाएर व्यवस्था गर्ने या विधेयकले नै संशोधन गर्ने भन्ने विषयमा यो समिति स्पष्ट हुनुपर्छ । लामो समयदेखि यो विषयमा अस्पष्टता हुँदा एक किसिमको अन्यौलता र प्रवासी नेपालीका बिचमा निराशा र आक्रोश रहेको पाइन्छ । त्यसकारण यस विषयमा छिटो निष्कर्षमा पुग्न आवश्यक छ ।’
उनले नागरिकता दुरुपयोग रोक्ने र कुनैपनि नेपाली नागरिक नागरिकताविहिन हुनुपर्ने अवस्था नआओस् भन्नेमा सरकार सचेत रहनुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण