रविलाई राखिएको कोठाको झ्यालमा ठोकिएको प्लाइउड हटाउन आयोगको निर्देशन
सारांश
- राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रास्वपा सभापति रवि लामिछानेलाई राखिएको कारागारको अनुगमन गर्यो।
- अनुगमनका क्रममा, लामिछानेलाई राखिएको कोठामा आधारभूत सुविधाहरूको कमी पाइएको थियो।
- आयोगले कारागार प्रशासनलाई झ्यालको काठ हटाउन निर्देशन दिएको छ र कैदीबन्दीको अवस्थाबारे पनि जानकारी लिएको छ।
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखेको कारागारको अनुगमन गरेको छ ।
सोमबार जिल्ला कारागार रुपन्देही पुगेर मानवअधिकार कर्मीको टोलीले अनुगमन गरेको हो । टोलीले अनुगमनका क्रममा सभापति लामिछानेलाई राखेको कोठामा आधारभूत सुविधाहरू नरहेको पाइएको बताएको छ ।
आयोगका प्रवक्ता डा. लिली थापाले लामिछानेलाई छुट्टै कोठामा राखिए पनि झ्यालमा प्लाइउड ठोकिएको र पर्याप्त उज्यालो र हावा नभएको पाइएको बताइन् । उनले सुरक्षाका कारणले झ्याल थुनिएको भन्ने जवाफ पाएको पनि बताइन् । अनुगमनपछि कारागार प्रशासनलाई झ्यालमा ठोकिएको काठ निकाल्न निर्देशन दिएको पनि प्रवक्ता थापाले बताइन् ।
‘हामी उहाँकै कोठामा गएर आधा घण्टा कुराकानी गर्यौ । उहाँलाई कति दिनदेखि बाहिर पनि निस्कन नदिएको अवस्था रहेछ’, थापाले रातोपाटीसँग भनिन्, ‘प्रशासनिक संरचना पनि साँघुरो रहेछ र सुरक्षाको कुरा पनि रहेछ ।’
उनले अदालतले स्थानान्तरणका लागि आदेश दिए पनि स्थानान्तरण नगरिएको अवस्था पाइएको बताइन् । ‘२५० जना क्षमताको जिल्ला कारागारमा ६५० जना राखिएको रहेछ । अरु बन्दीहरूको पनि हालत उस्तै रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण