सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक
सोमबार, २६ साउन २०८२, १७ : ५५
सारांश
- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।
- बैठकमा मंगलबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे छलफल हुनेछ।
- भिजिट भिसा सेटिङ प्रकरणमा छानबिन समिति गठनबारे पनि छलफल हुनेछ।
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
घिमिरेले मंगलबार बिहान ११ बजे प्रमुख सचेतकहरूको बैठक बोलाएका उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
बैठकमा मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे छलफल हुनेछ । त्यस्तै गत जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बहिस्कार गरिरहेको विषयमा पनि छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण