मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, ३ वर्षीय छोरा घाइते
सारांश
- सप्तरीको बलानविहुल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
- मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३० वर्षीया शान्तिकुमारी यादवको मृत्यु भएको हो।
- दुर्घटनामा घाइते भएका चालक र छोरालाई लिएर एम्बुलेन्सबाटै फरार भएको प्रहरीले जनाएको छ।
राजविराज । सप्तरीको हुलाकी सडक खण्डअन्तर्गत बलानविहुल गाउँपालिका–६ शेहरा चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
बलान बिहुल गाउँपालिका–२ दिघिया टोल बस्ने ३० वर्षीया शान्तिकुमारी यादवको मृत्यु भएको हो । शान्तिका देवर गयाप्रसाद यादवले चलाएको ‘अन टेस्ट’ मोटरसाइकलमा शान्तिकुमारीका तीन वर्षीय छोरा समेत सवार थिए । उनीहरू बोदे बर्साइनबाट चन्हीतर्फ जाँदै थिए ।
सोही क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा शान्तिकुमारीकी तीन वर्षीय छोरा आदित्यसहित सबै घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज पठाइएको थियो । शान्तिदेवीको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।
चालक यादव शान्तिकुमारीका तीन वर्षीय छोरा आदित्यलाई समेत लिई एम्बुलेन्सबाटै फरार भएको प्रहरीले जनाएको छ । आजै शम्भुनाथ नगरपालिकामा भएको दुर्घटनामा एक युवकको ज्यान गएको थियो भने एक दम्पती घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण