कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल साउन २७ गते । मंगलबार । ईश्वी सन् २०२५ अगस्ट १२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि–तृतीया, १० घडी ५८ पला, बिहान ९ बजेर ५६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पूर्वाभाद्रपदा, २१ घडी २३ पला, दिउसो २ बजेर ६ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–सुकर्मा, ४१ घडी ८ पला, बेलुकी १० बजेर ० मिनेट उप्रान्त धृती । करण–भद्रा, बिहान ९ बजेर ५६ मिनेट उप्रान्त बव, बेलुकी ९ बजेर १ मिनेट उप्रान्त बालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कुम्भ, बिहान ८ बजेर २१ मीन ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४३ मिनेट । दिनमान ३२ घडी ५४ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ३३ मिनेटसम्म रोग बेला ।
- बिहान ५ बजेर ३४ मिनेटदेखि बिहान ७ बजेर १२ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ७ बजेर १३ मिनेटदेखि बिहान ८ बजेर ५० मिनेटसम्म चर बेला ।
- बिहान ८ बजेर ५१ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म लाभ बेला ।
- बिहान १० बजेर ३० मिनेटदेखि बिहान १२ बजेर ८ मिनेटसम्म अमृत बेला ।
- मध्यान्ह १२ बजेर ९ मिनेटदेखि दिउसो १ बजेर ४७ मिनेटसम्म काल बेला ।
- दिउसो १ बजेर ४८ मिनेटदेखि दिउसो ३ बजेर २५ मिनेटसम्म शुभ बेला ।
- दिउसो ३ बजेर २६ मिनेटदेखि बेलुकी ५ बजेर ४ मिनेटसम्म रोग बेला ।
- बेलुकी ५ बजेर ५ मिनेटदेखि बेलुकी ८ बजेर ४ मिनेटसम्म चर बेला ।
नोट:शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो ३ बजेर २५ मिनेटदेखि बेलुकी ५ बजेर ४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट :राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ५७ मिनेटदेखि बिहान ४ बजेर ४५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । लामो दुरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । समयमा कामहरू फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइमा ध्यान नदिँदा अरूभन्दा पछि परिनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामीप्यता बढ्ने तथा पति पत्नी बिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । शेयर बजारमा आज गरिएको लगानीबाट नाफा हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कल्याणकारी तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृढ हुनेछ । हास्यबिधा तथा लेखन कलाको माध्यबाट आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा दिदीबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली बिलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अघि बढ्न सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न रमाइला स्थलहरूको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ । बिहानको समयमा आमा सँग विवाद हुने योग रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको कारोबार तथा व्यापारबाट नाफा कमाउन सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योग तथा शेयर बजारमा लगानी बढाउने समय रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईँको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा सङ्गीतको क्षेत्रमा नाम कमाउन सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृढ भएर जानेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीतिज्ञको लागी समय फलदायी रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गर्नेहरूले मनग्गे नाफा कमाउन सक्नेछन् । विद्यार्थीहरूले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : संस्थापन पार्टी एकतामा गम्भीर छैन
-
आन्तरिक पर्यटकको मुख्य रोजाइ काठमाडौँ र पोखरा, केमा गर्छन् धेरै खर्च ?
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधन हटाउन माग गरिएको रिट दर्ता गर्न आदेश
-
गृहमन्त्री सुधन गुरुङ ‘गायब’ !
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : धनगढीका शेर मल्लले पाए स्पेसल अवार्ड
-
बालेनको ‘हनिमुन डेज’ : जबाफदेहिता बिर्सेर नायकत्वको भ्रम !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण