राजनीतिक वृत्तमा पनि युवा पुस्ता अपरिहार्य छ : डोलप्रसाद अर्याल
मङ्गलबार, २७ साउन २०८२, १२ : ५८
सारांश
- रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरू आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने बताए ।
- उनले सङ्घीयता र संविधानको कार्यान्वयनका लागि आगामी पुस्तालाई हेरेर बौद्धिक नक्सा कोर्नुपर्ने बताए ।
- अर्यालले राजनीतिमा लाग्नुपर्छ भन्ने कुरा आफ्ना ब्रह्मले भनेपछि मात्रै रास्वपामा प्रवेश गर्न आग्रह गरे ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरू आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने बताएका छन् ।
मंगलवार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अघिल्लो पुस्ताको लागि नभई अब बन्ने नीतिहरू आधुनिक पुस्ताको लागि हुनुपर्ने बताए ।
उनले सङ्घीयता र संविधानको कार्यान्वयनका लागि आगामी पुस्तालाई हेरेर बौद्धिक नक्सा कोर्नुपर्ने बताए । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको उल्लेख गए । रास्वपा संसदमा प्रवेश गरेसँगै सदन अहिले सुन्न, हेर्न लायक भएको पनि बताए ।
कार्यवाहक सभापति अर्यालले राजनीतिमा लाग्नुपर्छ भन्नेकुरा आफ्ना ब्रह्मले भनेपछि मात्रै रास्वपामा प्रवेश गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण