धनुषसँग आफ्नो अफेयरबारे के भन्छिन् मृणाल ठाकुर ?
सारांश
- अभिनेत्री मृणाल ठाकुरले धनुषसँगको सम्बन्धबारे आफूहरू असल साथी मात्रै भएको बताएकी छिन्।
- धनुष र मृणालको अफेयरको चर्चा चलिरहेको बेला, 'सन अफ सरदार २' को स्क्रिनिङमा उनीहरू देखिएका थिए।
- धनुष र ऐश्वर्या रजनीकान्तको सम्बन्ध विच्छेद भइसकेको छ, र मृणालका यसअघि बादशाह र सिद्धान्त चतुर्वेदीसँग नाम जोडिएका थिए।
नयाँ दिल्ली । गएको केही दिनयता साउथ सुपरस्टार धनुष र बलिउड अभिनेत्री मृणाल ठाकुरको अफेयरको चर्चा चलिरहेको छ ।
अजय देवगण र मृणालको फिल्म ‘सन अफ सरदार २’ को स्क्रिनिङमा समेत धनुष देखिएका थिए । उनै अभिनेत्रीले धनुषसँगको आफ्नो सम्बन्धबारे बोलेकी छिन् । मृणालले हालै ओन्ली कलिउडलाई दिएको अन्तर्वार्तामा धनुषको बारेमा भनेकी थिइन्, ‘धनुष मेरो असल साथी मात्र हो । मलाई थाहा छ कि हामी एकसाथ भएको भनेर धेरै प्रकारका समाचारहरू फैलाइएको छ । मैले जब ती समाचारहरू देखँे, मलाई फनी लागे ।’
‘सन अफ सरदार २’ को स्क्रिनिङमा धनुषको उपस्थितिले दुईबिच डेटिङको चर्चा बढाएको थियो । ‘धनुष सन अफ सरदार २ को स्क्रिनिङमा आएका थिए, कसैले पनि यसलाई गलत तरिकाले नबुझ्नुहोला । अजय देवगनले उनलाई निम्तो दिएका थिए,’ अझ अगाडि उनले भनेकी थिइन् ।
धनुषले २००४ मा साउथका चर्चित अभिनेता जनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तसँग बिहे गरेका थिए । यो विवाहबाट यी जोडीका दुई छोरा छन् । २०२२ मा धनुष र ऐश्वर्याले सम्बन्ध विच्छेदको घोषणा गरे । २०२४ मा आधिकारिक रूपमा दुईको सम्बन्ध विच्छेद भयो । धनुष चाँडै नै साउथ फिल्म इडली कडाई र हिन्दी फिल्म तेरे इश्कमा देखिँदैछन् ।
सन अफ सरदार २ पछि मृणाल ठाकुर ‘जवानी तो इश्क होना है’, ‘तुम हो तो’ र ‘पूजा मेरी जान’ जस्ता फिल्महरूमा देखिनेछिन् । धनुषभन्दा पहिले मृणालको नाम चर्चित गायक र र्यापर बादशाह र अभिनेता सिद्धान्त चतुर्वेदीसँग जोडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण