नयाँ एल्बम ल्याउँदैछिन् टेलर स्विफ्ट
मङ्गलबार, २७ साउन २०८२, १४ : ०३
सारांश
- अमेरिकी गायिका टेलर स्विफ्टले नयाँ एल्बम घोषणा गरिन्, जसको नाम 'द लाइफ अफ अ शोगर्ल' राखिएको छ।
- यो टेलर स्विफ्टको १२औँ एल्बम हुनेछ, तर रिलिज मितिबारे केही जानकारी दिइएको छैन।
- डिसेम्बरमा एराज टुर सकिएपछि यो स्विफ्टको पहिलो एल्बम हुनेछ, प्रि-अर्डरका लागि वेबसाइटमा उपलब्ध छ।
वासिङ्टन डिसी । अमेरिकी गायिका टेलर स्विफ्टले आफ्नो नयाँ एल्बम ल्याउने घोषणा गरेकी छिन् । गायिकाले मंगलबार नयाँ एल्बमको नाम ‘द लाइफ अफ अ शोगर्ल’ भनेर घोषणा गरेकी हुन् ।
यो उनको १२औँ एल्बम हुनेछ । एल्बम कहिले रिलिज हुन्छ भनेर केही पनि बताइएको छैन । न त गायिकाले यसबारे थप जानकारी नै दिएकी छिन् ।
डिसेम्बरमा रेकर्ड ब्रेकिङ एराज टुर सकिएपछि यो स्विफ्टको पहिलो एल्बम हुनेछ । स्विफ्टको आधिकारिक वेबसाइटमा एल्बम प्रि–अर्डरको लागि उपलब्ध छ । एराज टुर चलिरहँदा स्विफ्टले यस अघि २०२४ मा ‘द टर्चड पोयट्स डिपार्टमेन्ट’ ल्याएकी थिइन् । यसमा ३१ वटा गीत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण