विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
बुधबार, २८ साउन २०८२, ०९ : ५४
सारांश
- लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत 'म त नराउरी' युट्युबमा सार्वजनिक भएको छ।
- गीत 'पुतलीको भट्टी' भाग २१ का रूपमा आएको हो, जसमा सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ।
- भिडियोमा ललिता पौडेलको अभिनय रहेको छ, जसमा मौसम हिमालीको कोरियोग्राफी, शम्भु चालिसेको छायांकन र प्रविन भट्टको सम्पादन रहेको छ।
काठमाडौँ । लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको छ। तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ । दर्शक श्रोताको सो प्रतीक्षा यो गीतले पुरा गरेको छ ।
गीत ’पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो । गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।
गीतको भिडियोमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’की मोडल ललिता पौडेलको अभिनय छ । भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ ।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र प्रविन भट्ट सम्पादन छ । गीतमा एउटा चेलीको आमासँग गरेको बिलौना गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण