वासिङ्टनको सडकमा बास बस्नेहरूलाई ट्रम्पको धम्की– शेल्टर कि जेल ?
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले वासिङ्टन डीसीलाई अपराधमुक्त बनाउन सडकमा बस्ने बेघर मानिसहरूलाई आश्रय गृहमा जान आदेश दिएका छन्।
- आश्रय गृहमा जान अस्वीकार गरेमा जरिवाना वा जेल सजाय हुने ह्वाइट हाउसले जनाएको छ।
- ट्रम्पले बेघर मानिसहरूले वासिङ्टन कब्जा गरेको र अपराधमा संलग्न भएको आरोप लगाएका छन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डीसीलाई अपराधमुक्त बनाउने वाचा गरेका छन् । यसै सन्दर्भमा उनले पहिले ८०० भन्दा बढी राष्ट्रिय गार्डहरू तैनाथ गरेर राजधानीको कमान आफ्नो हातमा लिएका थिए ।
अब ह्वाइट हाउसले वासिङ्टन डीसीमा बेघर मानिसलाई सडकहरू खाली गर्ने आदेश जारी गरेको छ । सडकमा बस्ने मानिसहरू आश्रय गृहमा गएनन् भने उनीहरूलाई जेलमा हालिने ह्वाइट हाउसले मंगलबार एक सूचना जारी गर्दै भनेको छ ।
‘घरबारविहीन मानिसहरूसँग आश्रयस्थलमा जाने विकल्प छ । त्यहाँ उनीहरूले मानसिक स्वास्थ्य सहित सबै सुविधाहरूको लाभ पाउनेछन् । यद्यपि, यदि आश्रय गृहमा आश्रय लिन अस्वीकार गरे भने उनीहरूलाई जरिवाना लगाइनेछ वा जेल पनि हाल्न सकिनेछ ।’ ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटले यसबारे जानकारी दिँदै भनिन् ।
लेविटका अनुसार, वासिङ्टन डीसीबाट टाढा घरबारविहीन मानिसहरूका लागि आश्रय गृहहरू निर्माण गरिनेछ । अमेरिकी प्रहरीले पार्कहरूबाट ७० जनालाई पहिले नै हटाइसकेको छ । बाँकी मानिसहरूलाई यस हप्ताको अन्त्यसम्ममा आश्रय गृहहरूमा पठाउने प्रयास भइरहेको बताइएको छ । ट्रम्पले सामाजिक सञ्जालमा कुनै कडा कारबाही गर्नु अघि घरबारविहीन मानिसहरूले वासिङ्टन छोड्नुपर्ने चेतावनी दिएका थिए ।
ट्रम्पका अनुसार, घरबारविहीन मानिसहरूले वासिङ्टन कब्जा गरेर बसेका छन् । वासिङटनमा बढ्दो अपराधमा उनीहरूको पनि हात रहेको ट्रम्पको भनाइ थियो । यूएस फ्याक्ट्स नामक वेबसाइटका अनुसार घरबारबिहिनको सूचीमा वासिङटन १६ औँ स्थानमा छ । सबैभन्दा धेरै बेघरहरू न्यूयोर्क, लस एञ्जलस, सियाटल र डेनभरमा देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण