सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
बुधबार, २८ साउन २०८२, १३ : ०८
सारांश
- सप्तरीको तिरहुत गाउँपालिका-१ मा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।
- मृत्यु हुनेमा स्थानीय क्रिकोल गाउँका ४० वर्षीय भूपेन्द्र बिराजी यादव रहेका छन्।
- यादवलाई घरमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेको थियो र उपचारको क्रममा मृत्यु भयो।
राजविराज । सप्तरीको तिरहुत गाउँपालिका–१ मा करेन्ट लागेर आज एक व्यक्तिको ज्यान गएको छ । स्थानीय क्रिकोल गाउँका भूपेन्द्र बिराजी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार ४० वर्षका यादवलाई आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेको थियो । उपचारका लागि भारदहस्थित भारदह अस्पतालमा पठाइएको भए पनि त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण