शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
युइएफए सुपर कप

पिएसजीले जित्यो सुपर कपको उपाधि

बिहीबार, २९ साउन २०८२, ०३ : २०
बिहीबार, २९ साउन २०८२

सारांश

  • पिएसजीले टोटेनह्यामलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै युइएफए सुपर कप जित्यो।
  • टोटेनह्यामले सुरुमा २-० को अग्रता लिए पनि पिएसजीले अन्तिममा पुनरागमन गर्यो।
  • खेल इटालीको ब्लूनर्जी स्टेडियममा भएको थियो, जसमा पिएसजीले ऐतिहासिक जित हासिल गर्यो।

काठमाडौँ । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले अविश्वसनीय ढङ्गले खेल पल्टाउँदै क्लब इतिहासमै पहिलो पटक युइएफए सुपर कप जितेको छ।

इटालीको ब्लूनर्जी स्टेडियममा नेपाली समयअनुसार बिहिबार बिहान भएको खेलमा च्याम्पियन्स लिग विजेता पिएसजी टोटेनह्यामविरुद्ध सुरुबाटै दबाबमा परेको थियो। पहिलो हाफमा ३९औँ मिनेटमा टोटेनह्यामका मिकी भ्यान डे भेनले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए भने खेलको ४८औँ मिनेटमा क्रिस्टियन रोमेरोले अर्को गोल थप्दै अन्तर २ः० पुर्‍याएका थिए।

तर खेलको अन्तिम ५ मिनेट बाँकी छँदा ली काङ–इनले पिएसजीका लागि पहिलो गर्दै खेलमा फर्कने मौका बनाए । इन्जुरी समयमा गोन्कालो रामोसले हेडमार्फत बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्‍याए।

निर्धारित समयपछि भएको पेनाल्टी सुटआउटको सुरुवातमै पिएसजीले पहिलो प्रहार गुमायो। तर दबाबका बीच उत्कृष्ट प्रदर्शन गर्दै अन्ततः ४–३ ले जित निकाल्दै उपाधि आफ्नो नाम गर्न सफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप