बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एनआरएनए यूएईको अध्यक्षमा भीम मल्ल ठकुरीले उम्मेदवारी दिने

बिहीबार, २९ साउन २०८२, १४ : ३५
बिहीबार, २९ साउन २०८२

सारांश

  • एनआरएनए एनसीसी यूएईको अध्यक्ष पदमा भीम मल्ल ठकुरीले उम्मेदवारी घोषणा गरेका छन्।
  • मल्लले यूएईमा श्रमिकमैत्री नेपाल एसोसिएसन, आर्थिक पारदर्शिता, युवा सहभागिता लगायतका एजेन्डा अघि सारेका छन्।
  • उनले २०२५ सम्म सदस्यता फारम खुला रहने जानकारी गराउँदै सबैलाई साथ दिन आग्रह गरे।

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएईको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा भीम मल्ल ठकुरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

हाल एनआरएनए एनसीसी यूएईका युथ उपाध्यक्ष रहेका मल्लले विगत एक दशकदेखि यूएईको नेपाली समुदायमा सक्रिय रूपमा सेवा गर्दै आएको बताएका छन्। उनले दुबई क्षेत्रीय अध्यक्ष (२०१९–२०२१), युथ कोअर्डिनेटर (२०२१–२०२३) र हालको युथ उपाध्यक्ष (२०२३–२०२५) का रूपमा काम गरेका छन्।

कोरोना महामारीका कठिन समयमा यूएईमा रहेका नेपालीको उद्धार र राहतमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै मल्लले आगामी कार्यकालका लागि आफ्नो मुख्य एजेन्डामा श्रमिकमैत्री नेपाल एसोसिएसन, आर्थिक पारदर्शिता, युवा–महिला सहभागिता, सामाजिक सुरक्षा कोषको विस्तार, खेलकुद र राहत कोष, नेपालमा लगानी प्रवाहको सहजीकरण, श्रमिक सचेतना कार्यक्रम, नेपाल एसोसिएसन हॉटलाइन स्थापना, तथा संघ–संस्था र नेपाली राजदूतावाससँग सहकार्यलाई समेटेका छन्।

मल्लले पञ्जीकृत सदस्यता फारम १४ अगस्ट २०२५ मध्यरातसम्म खुला रहने जानकारी दिँदै सबैलाई सदस्यता लिन र आफ्नो अभियानमा साथ–समर्थन गर्न आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप